![]()
हरदोई/ स्प्रिच्युअल सोशल एण्ड चॅरिटेबल फॉउण्डेशन तथा निराकार अध्यात्मिक मिशन द्वारा भारतको उत्तरप्रदेश राज्यको हरदोईमा विशाल सत्संगको आयोजन गरिएको छ ।
उक्त सत्सँगको मिशनकी प्रमुख माता कमला सेतीया ज्यूको अध्यक्षतामा भएको थियो । माताजीले विशाल सत्सँगलाई सम्वोधन गर्दै निरंकारी बाबा हरदेव सिंह जी महाराजले सत्य मार्गमा चल्नलाई आव्हान गर्नुभयो । सद्गुरु बाबाजीको सपना साकार गर्र्ने उचित प्रयास यस सत्संँग गरिएको हो भन्नुभयो । उहाँले राम्रो कामको शुरुवात आफैबाट गर्नुपर्ने बताउँदै गुरुको शिक्षालाई सही रुपमा पालन गर्नुपर्ने बताउनुभयो ।
मिशनको लखनऊ जिल्ला संयोजक कौशल यादव जीले माताजीलाई स्वागत सत्कार गर्नुभएको थियो हरदोईका मुखी बलरामजीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । सत्सँगमा सयौँ सन्तभक्तहरुको सहभागिता रहेको थियो ।
