Loading

भोजपुर । भोजपुरबाट प्रतिनिधि सभामा जिते लगत्तै माओवादीका सांसद सुदन किराँती टुहुरा बालकको घरमा जस्ता पाता बोकेर पुगेका छन् ।

विजय भएपछि कुनै माला अबिर जात्रा नगर्ने बताएका साँसद किराती कुनै बिजय जुलुश र भोजभतेर नगरी सामाजिक कार्यमा लागेका हुन् । षडानन्द नगरपालिकाको सामपाङमा रहेका टुहुरा बालकहरु सुदिप र सुजित राई दाजुभाई बस्ने फुस्को छानो हटाउन जस्तापाता लिएर उनी त्यहाँ पुगेका हुन् । उनले आईतबार नै ती जस्तापाताहरु हस्तान्तरण गरेका छन् ।

आमा सानैमा वेपत्ता भएका राई दाजुभाइका बुवाको क्यान्सर रोगका कारण गत चैत्रमा मृत्यू भएको थियो । दिदीहरु पनि विवाह गरेर आआफ्नो घर गइसकेकाले त्यसपछि उनीहरु टुहुरा भएका थिए । उक्त विषयमा स्थानीय पार्टीका कार्यकर्ताहरुले खबर गरेपछि सांसद किराँती भोजभतेर गर्ने खर्चले जस्तापाता लिएर झुपडीमा पुगेका हुन् ।

जनताको घर घरमा पुग्ने नेता किरातीको यही शैलीका कारण भोजपुर भरी उनी लोकप्रिय समेत रहेका छन् । यस पटक उनी पूर्व मुख्यमन्त्री शेर धन राईलाई हराँउदै प्रतिनिधि सभा सदस्य भएका हुन् ।