![]()
टीकापुर /विगत स्थानीय निर्वाचन अघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट प्रतिनिधि सभामा खाता खोलेको छ ।
पार्टीका उम्मेद्वार गंगाराम चौधरीले निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनकाो प्रमुख घटक नेकपा माओवादीका उम्मेद्वार कृष्णबहादुर चौधरी कुन्दनलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् । गंगाराम चौधरीले २३ हजार १ सय २ण् मत ल्याई प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत ल्याएका छन् ।
यसैगरी निवर्तमा साँसद तथा पूर्व मन्त्री गौरीशंकर चौधरीले एमालेका तर्फबाट ९ हजार ८ सय ८४ मत ल्याएका थिए । उनलाई राप्रपाका वीरेन्द्र बमले पछ्याएका हुन् । बमले ७ हजार ४७ मत ल्याएका छन् । मत गणना सम्पन्न भइसकेपनि निर्वाचन आयोगले मत परिणाम सार्वजनकि गर्न मात्र बाँकि रहेको छ । क्षेत्र नं ३ मा कुल ६३ हजार ४ सय ४० मत खसेकोमा ४ हजार २१ मत बदर भएको थियो भने ५९ हजार ७ सय १९ मत मात्र सदर भएको थियो ।
भजनी नगरपालिकाले लामो समयपछि भजनीले साँसद पाएको छ। २०४३ मा माननीय मोहनराज मल्लको जीतपछि भजनी नगरपालिका वडा नं २ निवासी मित्र गंगाराम चौधरी प्रतिनिधि सभाका लागि नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका छन्। यसअघि २०४८, २०५१, २०५६ र २०७० मा जोशीपुरका रामजनम चौधरी, २०६४ मा कैलारीका बीरभान चौधरी र २०७४ मा कैलारी गाउपालिकाकै गौरीशंकर थारु विजयी भएर साँसद बनेका थिए ।
