![]()
टीकापुर/ पूर्वमन्त्री, नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाईे ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन्।
मंगरबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर धम्की दिएको आरोपमा स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुरास उनीहरु पूर्व लडाकु हुन्।
आफू घरमा नरहेको अवस्थामा अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए। उनकाअनुसार आधा दर्जन बढी युवाहरु घरमा पसेका हुन्। उनीहरुले घरभित्र पसेर कहाँ छ पूर्वमन्त्री ? भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई दुब्र्यहार गरेको भट्टले बताए।
