Loading

समालखा, / परमात्मा प्रति निस्वार्थ प्रेमलाई नै साँचो अर्थमा भक्ति भनिन्छ । यस्तो निष्काम प्रेमरुपी भावना केवल सन्तभक्तहरुमा मात्र हुने गर्दछ । उक्त उद्गार निरंकारी सत्गुरु माता सुदिक्षा जी महाराजले ७५ औं वार्षिक निरंकारी सन्त समागमको मुख्य सत्रलाई सम्वोधन गर्दै बताउनु भएको हो । देश बिदेशबाट लाखौं संख्यामा आएका निरंकारी सन्तहरुको विशाल मानव परिवारलाई समालाखास्थित समागम मैदानमा आयोजित विशाल सन्त समागमलाई उहाँले सन्देश दिँदै बताउनु भएको हो ।
उहाँले भन्नुभयो कि भक्तले सबैमा ईश्वरको रुप सम्झेर सबैसंग प्रेमपुर्वक व्यवहार गर्दछ । त्यसमा उस्को आफ्नो कुनै निजि स्वार्थ हुदैंन । यस्तो भक्तको भक्तिमा कुनै प्रकारको डरको भाव पनि हुँदैन ।
प्रेमले गरेको हरेक कार्यको आधार केवल प्रेम नै हुने गदंछ जस्को प्रेरणा केवल प्रेममार्फत नै हुने गदंछ । समर्पित भावले गरेको सेवा सदैव परोपकारको लागि नै हुने गर्दछ । त्यसैमा अर्कोतिर संसारमा हेर्ने हो भने जो प्रेम दर्शाउने गर्दछन, उस्मा पनि प्राय केही न केही निजि स्वार्थ लुकेको हुन्छ, उहाँले भन्नुभयो ।
उहाँले अगाडि सपस्ट पार्दै भन्नुभयो कि जुन प्रकार एउटा सानो बीऊमा घना छायादार वृक्ष बनाउने क्षमता हुने गर्दछ । ठीक त्यही प्रकारले हरेक मानिस परमात्माको अंश भएको नाताले परमात्मा स्वरुप बन्ने क्षमता राख्दछ । बीऊ जब धर्तिमा अंकुरित भएर प्रफुल्लित हुने गर्दछ तब ऊ एक बृक्षको रुप लिएर आफ्नो सम्पुर्ण कार्य सुन्दरताका साथ निभाउंने गर्दछ ।
यसै प्रकारले ब्रह्मज्ञान द्वारा मनुष्य जब परमात्मासंँग एकरुप भएर उसैको रंगमा रंगिन्छ तब स्वयम् मानवीय गुणद्वारा युक्त भएर सच्चा मानव बन्दछ । फेरि उस्को जीवनमा अध्यात्मवाद र मानवताको संगम देख्न पाइन्छ। विपरित कार्य गर्ने मानिस सत्यबाट बञ्चिित रहन्छ त्यसैले उसको सही रुपले विकास हुन सक्दैन । सन्त महात्मा यस्तालाई जागृति दिएर परमात्मासंँग जोड्ने कार्य गर्दछन् जसद्वारा उनको जीवनमा पनि मानवताको गुणले युक्त हुन्छ ।
मिशनको ७५ औं वर्षको संत समागमको शृङ्खलाको बयान गर्दै सत्गुरु माताजीले भन्नुभयो कि संत समागमको आरम्भदेखि नै सहभागी भएका सम्पूर्ण भक्तहरुलाई जुन अनुभूति हुँदै आइरहेको छ, ठीक त्यसै प्रकारको अनुभूति प्रथम पटक संत समागममा सहभागी भएका भक्तजनलाई पनि भइरहेको छ किनभने यश परमात्माको सत्यता सदैव एकरस रहन्छ जस्मा कुनै प्रकारको परिवर्तन हुँदैन । परमात्मासंँ नाता जोडेपछि भक्तको मनको अवस्था फेरि अस्थिर हुने छैन, उहाँले भन्नुभयो ।
७५ औं निरंकारी समागमका नामबाट आयोजित यस सन्त समागममा सहभागी श्रचालु सन्तभक्तहरुको लाखौँको संख्यामा सहभागिता रहेको छ ।
निरंकारी प्रदशनी :
निरंकारी संत समागमको एक मुख्य आकर्षण निरंकारी प्रदर्शनी हो जस्को शुभारम्भ इ.स. १९७२ मा भएको थियो । यसले हरेक वर्ष मिशनको ईतिहास, विचारधारा एवं सामाजिक गतिविधिलाई प्रस्तुत गर्दै आएको छ । यश बर्ष पनि प्रदर्शनी समागमको मुख्य आकर्षक बनेको छ र समागमको क्रममा दिनहुंँ हजारौंको संख्यामा श्रदालु भक्तजन यश प्रदर्शनीको अवलोकन गरिरहेका छन् ।
यो वर्ष प्रदर्शनीको मुख्य ६ भागमा दर्शाइएको छ जसअन्तर्गत आधुनिक प्रविधिको सही प्रयोग गरी यस्लाई अन्त्यन्तै प्रभावशाली बनाइएको छ । यो छ भाग मध्यमा एक भाग मुख्य प्रदर्शनी र अन्य भागमा स्टुडियो डिभाइन, बाल प्रदर्शनी, स्वास्थ्य एवं समाज कल्याण विभाग प्रदर्शनी, थिएटर एवं डिजाइन स्टुडियो इत्यादीको सुन्दर समावेश गरिएको छ ।