Loading

कात्तिक, ३० (समालखा, हरियाणा)
अध्यात्मवाद र मानवताले मात्र मानिस वास्तविक मानिस बन्न सक्छ उक्त उदगार निरंकारी सदुगुरु माता सुदिक्षा जी महाराजले बुधवार निरंकारी सन्त समागमलाई सम्वोधन गर्दै बताउनु भएको छ । उहाले भारतको हरियाणा राज्यको पानीपत जिल्लको समालखामा ७५ औं निरंकारी वार्षिक सन्त समागमको उद्घाटन गर्दै विश्वलाई मानवताको नाममा सन्देश दिदै बताउनु भएको हो । समालखामा भइरहेको चार दिवसीय निरंकारी सन्त समागममा देशविदेशबाट लाखौं श्रद्धालु सन्त भक्तहरु सहभागी भएका छन् ।
उहाले भारत अंग्रेजको शासनबाट मुक्त भएको प्रति इंगित गर्दै मुलुकको मुक्तिको मुक्तिले भौतिक रुपमा त हामी मुक्त भएका छौं तर आत्मको मुक्तिका विषयमा ध्यान दिएका छैनौं । आत्माको मुक्तिका लागि केवल परमात्को जानकारीबाट मात्र हुने भएकाले त्यसविषयमा ध्यान दिन जरुरी भएको बताउनुभयो । उहाले त्यसपछि मात्र मानवीय गुणले युक्त भएर जीवन जिउन सकिने र त्यसपछि मात्र मुक्ति प्राप्त हुने बताउनुभयो ।
उहाँले भन्नुभयो काविड १९ महामारीका कारण दुई वर्षपछि यस मैदानमा एकत्र हुन सकिरहेको थिएन । देशविदेशबाट आएका सम्पूर्ण महापुरुषहरुसंग भेटघाट हुन सकेन । केको भन्दै सन्तभक्तहरुको दर्शन गर्ने तथा शुभभावना सुन्ने अवसर प्राप्त भएको बताउनुभयो । कोविड १९ को समयमा पनि महापुरुषहरुले विरामीहरुको सेवामा सर्मपित भएको बताउनुभयो ।
यसअघि निरंकारी राजपिता रमित जी महाराजलाई मण्डलका पदाधिकारीहरुले स्वागत गर्दै मञ्चमा लगेका थिए । यस समागमबाट सुदिक्षा महाराजसँगै स्टेजमा उहाँलाई पनि बसाइएको छ । यस्तै बुधबार नै सेवादल र्याली पनि आयोजन भएको थियो । सेवादल र्यालीमा विभिन्न प्रकारका खेलकुद, शारीरिक व्यायाम, मानवीय मीनार लगायत लघुनाटक प्रस्तुत गरिएका थिए ।
त्यसपछि सेवादल र्यालीलाई सम्वोधन गर्दै माता सुदिक्षा जीले भन्नुभयो, सेवा सानो ठूलो हुँदैन, सेवा निष्काम भावले सेवायुक्त भएर गरिने गर्दछ । सेवाले शारीरिक स्वस्थता हुने र जीवनलाई सुन्दर प्रकारले जिउने प्रेरणा मिल्ने बताउनुभयो ।