![]()
टीकापुर/नेत्रहीन युवा संघ नेपाल कैलाली शाखाको आयोजनामा शुक्रबार विरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस टीकापुरमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
उक्त मतदान कार्यक्रममा ३० जना साङ्ग र ४२ जना अपाङ्गता भएका गरी ७२ जनाले भाग लिएका थिए । उनीहरुमा ३५ जना भखैरै बालिग भएकाले पहिलो पटक मतदान गरेका थिए ।
मत बदर न्युनिकरण गर्नु र मतदान सम्बन्धी शिक्षामा अभिवृद्धि भएको बताए । उनले मतदान प्रक्रियाका बारेमा जानकारी दिनु नै कार्यक्रमको प्रमुख उद्देश्य रहेकोले शुक्रबार गरिएको नमूना मतदानमा ७२ जनाले मतदान गरेकोमा ७ जनाको बदर र ६५ जनाको मत सदर भएको थियो ।
नमूना मतदान कार्यक्रमको अध्यक्षता नेत्रहीन युवा संघ कैलालीका अध्यक्ष अर्जुन बहादुर रावलले र सञ्चालन यस संस्थाका कैलाली जिल्ला परियोजना अधिकृत आभास कार्कीले गरेका थिए ।


