![]()
टीकापुर/भेरी साहित्य समाज कैलाली जिल्ला कार्यसमितिको आयोजना र सुदूरपश्चिमाञ्चल साहित्य संगीत कला प्रतिष्ठानको सह आयोजनामा शनिबार टीकापुरमा कृति लोकार्पण समारोह सम्पन्न भएको छ ।
कृतिकार कैलाशदेव नगार्जी वियोगीद्वारा लिखित कृति शब्द क्रान्ति र देवानन्द रिमालद्वारा लेखन संकलन गरिएको कृति न्याउल्यामा रसालङ्कार नामक कृतिको लोकार्पण गरिएको हो ।
कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य तथा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष, विशिष्ट अतिथिहरु टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु, उपप्रमुख खडकबहादुर शाह, भेरी साहित्य समाजका महासचिव लेखप्रसाद प्याकुरेलले संयुक्त रुपमिा लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सेना ले साहित्य कला र संगीतको कुनै सीमा र क्षेत्र नहुने भन्दै कला सँस्कृतिको विकासका लागि समेत साहित्य अपरिहार्य रहेको बताए । उनले भेरी साहित्य समाजले पनि देशका विभिन्न जिलामा शाखाहरु गठन गरी साहित्य र संस्कृतिको विकासमा योगदान दिँदै आएको बताए । उनले शब्द क्रान्ति कृति र न्याउल्यामा रसालङ्कार कृतिले पनि साहित्य, संस्कृति र कलाको लागि महत्त्वपूर्ण योगदान दिने बताए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नगरप्रमुख थारुले पनि भेरी साहित्य समाजले टीकापुरमा साहित्यको गतिविधि बढाइरहेकाले यस क्षेत्रमा साहित्यको विकास हुनेमा आशावादी रहेको कताए । उनले लोकार्पण गरिएका कृतिहरुले यस क्षेत्रमा साहित्यको इट्टा थप्ने काम गरेको बताए ।

समारोहमा न्याउल्या मा रसालङ्कार कृतिको समीक्षा डा. धनकृष्ण उपाध्यायले र शब्दक्रान्ति काव्य संग्रहको समीक्षा प्राज्ञिक समाज टीकापुरका अध्यक्ष खगेन्द्रप्रसाद उपाध्यायले गरेका थिए । नागरिक समाजका अध्यक्ष भीमराम चपाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै भक्तिराम कोइ– राला, धनञ्जय तिमिल्सैना, योगेन्द्र प्रसाद बजगाई, टीकाराम आर्य, टीकाराम जोशी, अशोक बोहरा, देवानन्द रिमाल, कैलाश वियोगी, कान्तिप्रसाद ज्ञवाली, आनन्दबिक्रम राणा, महेश रिमाल, बलबहादुर रावल, प्रभात सुवेदी, आर.पी. लामिछान, कण्ठराज गिरीे लगायतका साहित्यिक स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
उक्त समारोहमा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष तिमिल्सेनाले समाजका सल्लहकार हेमन्तराज माण्डव्य र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु चक्रप्रसाद अधिकारी, कान्तिप्रसाद ज्ञवाली, दुर्गाप्रसाद भण्डारी, कैलाश वियोगी, अशोक बोहरा, ईश्वरी ज्ञवाली, झुमा जैसीलाई आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

भेरी साहित्य समाजका कैलाली जिल्ला कार्यसमितिका चक्र अधिकारीको अध्यक्षतामा भएको उक्त समारोहमा सुदूर पश्चिमाञ्चल साहित्य संगीत तथा कला प्रतिष्ठानका सचिव झनकराज ओझाले स्वागत मन्तव्य र भेरी साहित्य समाज कैलाली शाखाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

कार्यक्रम समापनिपछि प्रा प्रतिष्ठानका सदस्य तथा समारोहका प्रमुख अतिथि टीकापुरमा टीकापुर साँस्कृतिक समाजले साप्ताहिक रुपमा हरेक शनिबारका दिन टीकापुरको खुलामञ्चमा आयोजना गर्दै आइरहेको न्याउल्या खेलमा सहभागी भएर खेल खेलेका थिए । उक्त खेलको अवलोकन गर्दै उनले न्याउल्या र डेउढाको क्षेत्रमा टीकापुरले फड्को मारिरहेको प्रतिक्रिया दिएका छन् ।

