![]()
टीकापुर/भजनी नगरपालिकाले गौशालाका लागि पराल संकलन अभियान शुरु गरेको छ ।
विहीबार वडा नं ३ का अध्यक्षले समाजिक सञ्जाल फेसबुकमा तस्वीर पोष्ट गर्दै स्थानीइलाई आग्रह गरेका छन् । उनले नगरपालिकाले सञ्चालन गर्दै आइरहेको गौशालाका लागि पराल संकलन भइरहेकोले पराल नजलाई नगरपालिकालाई सहयोग गर्न आग्रह गरेका हुन् ।

अहिले नगरपालिकाले पराल संकलन कार्य शुरु गरेको छ । गत ६ गते मात्र नगरवासीहरुलाई पराल नजलाई नगरपालिकालाई दिन नगरपालिकाले एक सूचना नै जारी गरेको थियो । भजनी नगरपालिकाले गरेको यस कार्यलाई नगरवासी सबैले मन पराएका छन् ।

