![]()
टीकापुर/भेरी साहित्य समाज कैलाली शाखाको आयोजनामा भोलि शनिबार टीकापुरमा कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम हुने भएको छ । उक्त कुराको समाजका सचिव दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।
भण्डारीका अनुसार बिहान ११ बजेदेखि टीकापुरस्थित रेयुकाईको सभाहलमा हुने उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सेना प्रमुख अतिथि रहने छन् । समाजका सहसचिव टीकापुरका स्रष्टा कैलाश देव नगार्जी र सुदूरपश्चिमाञ्चल साहित्य संगीत कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमालका कृतिहरु उक्त समारोहमा लोकार्पण गरिने सचिव भण्डारीले बताए ।
आफ्नो स्थापनाको समय छोटो भएपनि समाजले यो कार्यक्रम गरी दुईवटा कार्यक्रम गरिरहेको छ । यसअघि कात्तिक १३ गते तिहार तथा छठ मिलन कार्यक्रम गरेको थियो ।
