![]()
टीकापुर/गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा बा १२ च २११४ नम्बरको कारले सु.प.प्र.०१-००८प५७५६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने ३३ वर्षीय शेर बहादुर पुनमगरको मृत्यु भएको छ ।
नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ स्थित सडकमा से-६-प ५५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-५ पवेरा बस्ने २२ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
