![]()
डीपी भण्डारी
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ मा हुने निर्वाचनमा कैलालीमा एमाले, नागरिक र सत्ता गठबन्धनवीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र नं १ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, सत्ता गठबन्धनका उम्मेद्वार रामजनम चौधरी र नेकपा एमालेका उम्मेद्वार तपेन्द्र रावलवीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै प्रदेश सभामा क तर्फ नागरिक उन्मुक्तिका कैलाश चौधरी, सत्ता गठबन्धनका दीर्घराज बिनाडी वीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै ख तर्फ नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नागरिक उन्मुक्तिका लक्ष्मण किशोर थारु र सत्ता गठबन्धन का रणबहादुर रावल, वीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै कैलाली क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका भगत बडुवाल, नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी र नेकपा एमालेका झपटबहादुर रावल वीच प्रतिस्पर्धा हुने देदिएको छ ।
यसैगरी प्रदेशमा क तर्फ सत्ता गठबन्धनका कमल बहादुर शाह, नागरिक उन्मुक्तिका रतन थापा र नेकपा एमालेका कमला
ओलीवीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी प्रदेश ख मा सत्ता गठबन्धनका नन्दबहादुर साउँद, नेकपा एमालेका डेजी पाण्डेय र नागरिक उन्मुक्तिका रामेश्वर चौधरी वीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यसैगरी कैलाली क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्तिका गंगाराम चौधरी, सत्तागठबन्धनका कृष्णकुमार चौधरी र नेकपा एमालेका गौरीशंकर चौधरीवीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै प्रदेश क तर्फ सत्ता गठबन्धनका अमर बहादुर साउँद, नेकपा एमालेका जयनारायण जोशी र नागरिक उन्मुक्तिका घनश्याम चौधरी वीच प्रतिस्पर्धा हुने छ । यसैगरी प्रदेश ख मा सत्ता गठबन्धनका खेमराज डगौँरा थारु, नेकपा एमालेका राजबहादुर बुढा र नागरिक उन्मुक्तिका खुसीराम चौधरी वीच प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका लेखराज भट्ट बलियो उम्मेद्वार हुन् । उनी कैलालीमा राजधानी बनाउने लवीमा नेता हुन् भने उनका प्रतिद्वन्द्वी सत्तागठबन्धनका वीर बहादुर बलायर डोटी राजधानी बनाउने लविका नेता हुन् । त्यसैले प्रतिस्पर्धा दुईजना वीच भएपनि भट्ट नै बलिया उम्मेद्वार हुन् । तर नागरिक उन्मुक्तिका कैयाँ चौधरी पनि बलिया उम्मेद्वार नै मानिएको छ ।
यस्तै प्रदेशतर्फ क मा दीर्घबहादुर सोडारी नै बलिया छन् । उनको पार्टीका स्थिति कमजोर भएपनि उनले निर्वाचन क्षेत्रको विकासमा धेरै काम गरेकाले बलियो उम्मेद्वार हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका भीम बहादुर देउवा र नागरिक उन्मुक्तिका राजेन्द्रप्रसाद देवकोटा नै हुन् ।
यस्तै प्रदेश ख मा नेकपा एमालेका हरिसिंह साउँद पनि बलिया उम्मेद्वार हुन् । सत्ता गठबन्धनका प्रकाश बहादुर बम र उनको निकै प्रतिस्पर्धा हुने बताइएको छ । यसैगरी क्षेत्र नं ५ मा नेकपा एमालेका नारदमुनि राना अहिले फेरि बलियो उम्मेदारका रुपमा देखिएका छन् । उनीसँग सत्ता गठबन्धनका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेद्वार पुष्करनाथ ओझाले प्रतिस्पर्धा गर्ने देखिएको छ ।
प्रदेश क तर्फ सत्ता गठबन्धनका प्रकाशबहादुर देउवा र नेकपा एमालेका दुर्गाप्रसाद जोशी वीच कडा प्रतिस्पर्धा हुने देखिएको छभने नागरिक उन्मुक्तिका गोठेराम चौधरीले पनि धेरै मतहरु काट्ने अनुमान गरिएको छ । प्रदेश ख तर्फ नेकपा एमालेका नेपालु चौधरी, सत्ता गठबन्धनका रमेश धामी र नागरिक उन्मुक्तिका श्रीराम चौधरी वीच निकै प्रतिस्पर्धा हुने देखिएको छ ।
