Loading

प्रतिनिधि सभाको पाँच सिटमा ४९ र प्रदेश सभाका १० मा ९६ जना
हेमराज माण्डव्य
टीकापुर/आउँदो मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि कैलाली जिल्लामा एकसय ४५ जनाको उम्मेद्वारी परेको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रतिनिधि सभा सदस्यको ५ सिटका लागि ४९ जना र प्रदेश सभाको १० सिटका लागि ९६ जनाको उम्मेद्वारी परेको हो ।
प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले जिल्लामा प्रतिनिधि सभा सदस्यका पाँच सिटमा ४९ जना र प्रदेशतर्फको १० सिटमा ९६ जनाले उम्मेद्वारी दर्ता गराएको बताए ।
उनले राजनीतिक दलबाहेक अन्य ४२ जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता गर्नेहरुमा प्रतिनिधि सभातर्फ १० र प्रदेश सभातर्फ ३२ जना रहेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि दुई स्वतन्त्र सहित ११ जना र क्षेत्र नम्बर २ मा ९ जना रहेका छन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि ९ जनाको उम्मेद्वारी परेको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा २ स्वतन्त्र सहित ८ जनाले र क्षेत्र नम्बर ४ मा १ जना स्वतन्त्र सहित १० जनाले उम्मेद्वारी दिएका छन् । क्षेत्र नं ५ बाट भने प्रतिनिधि सभामा ५ जना स्वतन्त्र र ६ जना राजनीतिक दलका गरी ११ जनाले उम्मेद्वारी दिएका छन् ।
यस्तै, प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को प्रदेशतर्फ ‘क’ मा ७
राजनीतिक दलबाट र ३ स्वतन्त्र गरी १० जनाको उम्मेद्वारी परेको छ । क्षेत्र नम्बर १ को प्रदेशतर्फ ‘ख’ मा ८ राजनीतिक दलबाट र ४ जना स्वतन्त्र गरी १२ जनाको उम्मेद्वारी परेको छ ।
यसैगरी क्षेत्र नम्बर २ मा प्रदेश ‘क’ मा ८ जना राजनीतिक दलबाट र १ जना स्वतन्त्र गरी ९ उम्मेद्वारी परेको छ । २ को ‘ख’ मा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेद्वारी दिएका छन् ।
प्रदेश सभातर्फमै क्षेत्र नम्बर ३ को ‘क’ मा ६ जना राजनीतिक दल र २ स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी परेको छ भने ‘ख’ मा ६ जना राजनीतिक दल र ७ जना स्वतन्त्र र गरी १३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
यस्तै, क्षेत्र नम्बर ४ को प्रदेश सभातर्फ ‘क’ मा ७ जना राजनीतिक दलबाट र ६ स्वतन्त्र गरी १३ जनाको उम्मेद्वारी परेको छ भने ४ ‘ख’ मा ४ जना राजनीतिक दलबाट र दुईजना स्वतन्त्र गरी ६ जनाको उम्मेद्वारी परेको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ मा प्रदेश सभातर्फ ५ ‘क’ मा पाँच जना राजनीतिकबाट र १ स्वतन्त्र गरी ६ जनाको उम्मेद्वारी परेको छ, भने ५ ‘ख’ मा एक ७ जना राजनीतिक दलबाट र स्वतन्त्र गरी आठ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
नागरिक उम्मेद्वार लक्ष्मण थारुको उम्मेद्वारी खारेज
यसैवीच नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेद्वारी रद्द भएको जानकारी दिएको छ ।
लक्ष्मणको उम्मेद्वारी विरुद्ध सोमबार उजुरी परेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहरयाई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए ।