![]()
टीकापुर/मार्क्सवादी ज्ञान केन्द्रले केन्द्र र प्रदेशमा भर्चुअल डिस्कोर्स गर्ने भएको छ । गत भदौ १९ गते भएको साधारण सभापछि पूर्णता पाएको केन्द्रीय कार्यसमितिले आगामी निर्वाचन अघि नै केन्द्रीय स्तरमा प्रदेश स्तरमा डिस्कोर्स सञ्चालन गर्न लागेको हो ।
आगामी असोज १५ गते केन्द्रीय समितिको आयोजनामा ‘निर्वाचन कम खर्चिलो र पारदर्शी बनाउने उपायहरू’ सम्बन्धी भर्चुअल डिस्कोर्स, असोजको तेस्रो हप्ताभित्र प्रदेश-१ र मधेश प्रदेशको संयुक्त आयोजनामा प्रदेशस्तरीय एक भर्चुअल डिस्कोर्स गर्ने जनाइएको छ ।
यस्तै असोज मसान्तभित्र बागमती प्रदेश र गण्डकी प्रदेशको संयुक्त आयोजनामा प्रदेशस्तरीय एक भर्चुअल डिस्कोर्स, कार्तिक ५ गते शनिबार बिहान केन्द्रीय समितिको आयोजनामा ‘निर्वाचन कानुन र आचारसंहिता’ सम्बन्धि भर्चुअल डिस्कोर्स, कार्तिकको पहिलो हप्ताभित्र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा प्रदेशस्तरीय एक भर्चुअल डिस्कोर्स आयोजना गर्ने भएको छ ।
यस्तै प्रदेश अध्यक्ष उपाध्यक्ष र सचिवले परामर्श गरी प्रदेश समितिलाई र विभागका प्रमुख र उपप्रमुखले परामर्श गरी असोज ११ गतेभित्र आफ्नो विभागलाई पूर्णता दिनुपर्ने निर्णय गरेको बताइएको छ । पूर्णता दिँदा आजीवन र साधारण सदस्यहरुलाई मात्र समावेश गर्ने नीति यसपटक लिइएको छ ।
