Loading

टीकापुर/मार्क्सवादी ज्ञान केन्द्रको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारी र सदस्यहरूको कार्यविभाजन सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पास गरेको छ । बैठकमा पदाधिकारीका तर्फबाट महासचिव इन्द्रराज भट्टराईले प्रस्ताव पेस गरेका थिए ।

बैठकको निर्णय अनुसार कार्यालय टीममा अध्यक्ष मनहरि तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल, उपाध्यक्ष नमिता न्यौपाने, उपाध्यक्ष जनार्दनबाबु कट्टेल, महासचिव इन्द्रराज भट्टराई रहेका छन् । यसैगरी प्रदेश–१ मा सहजकर्तामा नमिता न्यौपाने, प्रदेश अध्यक्षमा दुस्यन्त भट्टराई, सचिवमा योगेश राजभण्डारी, मधेश प्रदेशमा सहजकर्ता नमिता न्यौपाने रहेका छन् ।

यसैगरी बागमती प्रदेशमा सहजकर्ता जानुका पराजुली, अध्यक्षमा कार्लविक्रम थापा, उपाध्यक्षमा त्रिविक्रम ज्ञवाली, गण्डकी प्रदेशमा सहजकर्ता विश्वेश्वर कट्टेल, अध्यक्षमा भीमप्रसाद सुवेदी, उपाध्यक्षमा दुर्गा भूजेल, सचिवमा पवन ढकाल, लुम्बिनी प्रदेशमा सहजकर्ता हुमनाथ न्यौपाने ‘सुदीप’, अध्यक्षमा गोपी ज्ञवाली, कर्णाली प्रदेशमा सहजकर्ता रेशमकुमार अधिकारी, अध्यक्षमा जयशंकर धिताल, सुदूरपश्चिम प्रदेशमा सहजकर्ता सागर अधिकारी, अध्यक्षमा दुर्गाप्रसाद भण्डारी र उपाध्यक्षमा अर्जुन रावललाई सर्वसम्मतिले निर्णय गर्दै चयन गरेको छ ।
यस्तै बैठकले विभिन्न विभागहरु पनि गठन गरेको छ । जस अनुसार मूल्यांकन तथा अनुशासन विभागमा प्रमुख डा. सुरेन्द्र गिरी, उपप्रमुख मणिरत्न श्रेष्ठ, सदस्य डा. कृष्णराज अधिकारी, प्रचार तथा प्रकाशन विभागमा प्रमुख मनहरि तिमिल्सिना, उपप्रमुख मीना अर्याल, प्रशिक्षक समन्वय विभागमा प्रमुख विश्वेश्वर कट्टेल, उपप्रमुख राधिका ओझा, व्यवस्थापन विभागमा प्रमुख जनार्दनबाबु कट्टेल, उपप्रमुख सागर अधिकारी, साहित्य-कला विभागमा प्रमुख हुमनाथ न्यौपाने ‘सुदीप’, उपप्रमुख कविराज पौडेल रहेका छन् ।

यसैगरी अन्य नियमित काममा संगठन व्यवस्थापन र परिचालन इन्द्रराज भट्टराई, कार्यालय सचिव जानुका पराजुली, निर्णय पुस्तिका लेखन जनार्दनबाबु कट्टेल रहेका छन् ।

पुर्नगठित केन्द्रीय कार्यसमिति र सल्लाहकार समिति
१. अध्यक्ष : मनहरि तिमिल्सिना
२. वरिष्ठ उपाध्यक्ष : विश्वेश्वर कट्टेल
३. उपाध्यक्ष : नमिता न्यौपाने
४. उपाध्यक्ष : जनार्दनबाबु कट्टेल
५. महासचिव : इन्द्रराज भट्टराई
६. सचिव : हुमनाथ न्यौपाने ‘सुदीप’
७. सचिव : जानुका पराजुली
८. सचिव : रेशमकुमार अधिकारी
९. कोषाध्यक्ष : सागर अधिकारी
१०. सदस्य : दुस्यन्त भट्टराई
११. सदस्य : भीमप्रसाद सुवेदी
१२. सदस्य : दुर्गाप्रसाद भण्डारी
१३. सदस्य : कार्लविक्रम थापा
१४. सदस्य : गोपी ज्ञवाली
१५. सदस्य : जयशंकर धिताल
१६. सदस्य : राधिका ओझा
१७. सदस्य : त्रिविक्रम ज्ञवाली
१८. सदस्य : दुर्गा भुजेल
१९. सदस्य : अर्जुन रावल
२०. सदस्य : मीना अर्याल
२१. सदस्य : मधेश प्रदेश (रिक्त)
२२. सल्लाहकार : डा. सुरेन्द्र गिरी
२३. सल्लाहकार : मणिरत्न श्रेष्ठ
२४. सल्लाहकार : डा. कृष्णराज अधिकारी