Loading

टीकापुर/कैलालीको भजनी नगरपालिका ३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित जोशीपुर गाउँपालिका ३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुसुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुर जिल्लको बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ करिब २१ ग्राम ९९ मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले-२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका-५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् ।

प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से.७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।