![]()
हेर लौ यी भए दुष्ट नेताहरु ।
बेच्दछन् देश नै यी लफङ्गाहरु ।
बन्धकी विश्वको बैंकमा देश यो ।
राख्नलाई यहाँ लाममा छन् अहो ।।
भारतैले लियो सिक्किमै देश त्यो ।
चीनले पो निल्यो तिब्बतै देश त्यो ।
आज फेरि यहाँ गिद्धेदृष्टि लिए ।
देश हाम्रो अहो बिक्रीमै गर्दिए ।।
जाग हो हे बुढा नीँदबाटै अब ।
लाग हो हे युवा एक भै नै सब ।
देश आमा बचाई यहाँ लौ जुटौँ ।
सिंहझैँ हेर लौ गर्जिएरै जुटौँ ।।
संसदै भित्र लौ राष्टघाती गए ।
लाग्छ लौ के यहाँ आत्मघाती भए ।
आज पक्रिऔँ आत्मघाती हरु ।
शीर त्यो मुण्डनै पार लौ है बरु ।।
ब्यंग कविता : पञ्चचामर छन्द, डीपी दर्शन (२०७९ भदौ ३० गते)
