![]()
बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका छन् । उनले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त धारणा राखेका हुन् ।
अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गरेका छन् । उनले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउदै नरैनापुर गाँउपालिकामा रहेका विद्यालयहरूको आवश्यक भौतिक पूर्वाधारहरु तयार गर्ने योजना बनाएकोले शिक्षकहरुलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ भूमिका निर्वाह गर्न निर्देशन दिएक थिए ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताउदै नरैनापुरको शिक्षाको गुणस्तर सुधार हुदै गएको बताए । उनले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि जिकिर गरे ।
यसैगरी वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले लोकसेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालेको बताउदै नरैनापुरको शिक्षालाई अझ उचाई पु¥याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकहरु संग आग्रह गरेका थिए ।
कार्यक्रममा नरैनापुर गाँउपालिकाको शिक्षा शाखा अधिकृत कृष्णप्रसाद थारुले गुणस्तरीय शिक्षाका लागि आफ्नो पूरै टिम खटेर लागिपरेको बताउनु भयो । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाइ सहजीकरण गरिरहेको बताउदै नवनियुक्त शिक्षकहरुलाई समेत शिक्षण पेशमा गम्भीर भएर लाग्नुपर्ने बताए ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षता भएको नियुक्ति पत्र हस्तन्त्रण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, शिक्षा अधिकृत कृष्ण चौधरी,शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षकका स्वकिय सचिव ब्रिजेन्दर यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसी लगायतको सहभागिता रहेको कार्यक्रममा १२ जना विषयगत शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको थियो ।

