Loading

बझाङ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने संकेत गरेको छ । सोमवार पार्टी जिल्ला सभापति खडकबहादुर बोहराले विज्ञप्तिमा जारी गर्दै सो कुरा जानकारी दिएका हुन् ।

विज्ञप्तिमा नेकपा माओवादी केन्द्रसँग मात्र गठबन्धन गर्ने जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीसँग मित्रवत प्रतिस्पर्धा गर्दै चुनावमा जाने घोषणा गरेको छ । उनले नेपाली कांग्रेसका नेता कार्यकर्ताको चाहना अनुरुप नै प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन गर्ने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले गठवन्धनका सम्पूर्ण उम्मेदवारलाई सघाएपनि घात गरेको भन्ने व्यापक गुनासो आएकोले कांग्रैसले आफ्नो अडान राखेको हो ।’ मतदाताबाट प्राप्त सुझावलाई आधार मान्दै यस्तो निर्णय गरेको उनले ।