![]()
टीकापुर/मदन पुरस्कारद्वारा विभुषित साहित्यकार रामलाल जोशीद्वारा लिखित बाआमा साहित्यक कृति विमोचन भएको दश दिनकै बिक्री भएर नयाँ रेकर्ड कायम गरेको छ ।
यही भदौ १७ गते काठमाण्डौस्थित नेपा प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा लोकार्पण गरिएको उक्त कृतिका दशहजार प्रति १० दिनमै बिक्री भएको कृतिका लेखक रामलाल जोशीले समाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले सोमबार फेसबुकमा एक स्टाटस लेख्दै पाठकवर्गको न्यायनो मायाका कारण लोकार्पणको दश दिनमै पहिलो सस्ंकरण समाप्त भएर दोस्रो संस्करण प्रकाशित गर्नुपर्ने अवूथा आएको जनाएका छन् ।

थप खुशीको कुरा भन्दै सोमबार ७ बजे अपरान्ह स्टाटस लेख्दै उनले भनेका छन् । प्रिय पाठकहरू ! छोटो समयमै यहाँहरूको माया,अनुराग र स्पर्श पाएर ‘बाआमा’ले प्राप्त गरेको लोकप्रियताले उसै पुलकित थिएँ । भदौ १७ गते विमोचन भएको ‘बाआमा’को पहिलो सस्करण १० दिनमै सकिएर दोस्रो सस्करण आउन थालेको खबरले हर्ष विभोर भएको छु । प्रिय पाठकहरूको प्रतीक्षा र बजारको मागलाई यथाशीघ्र सम्बोधन गर्न चाडैं (Paper back मा ) ‘बाआमा’दोस्रो संस्करण आउन थालेको सुखद खबर दिने BookHill Publication का अध्यक्ष प्रिय भूपेन्द्र खड्काजीलाई विशेष धन्यवाद दिन्छु । बाआमालाई यति तीब्र माया,अनुराग,उत्साहले पढी साहित्यको बजारमा लोकप्रिय बनाइदिनुहुने सबै प्रिय पाठकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नपढेका पाठकहरूलाई ‘बाआमा’ पढिदिन सविनय अनुरोध गर्दछु ।

यसको एकघण्टा अघि लेखक रामलाल जोशीलाई सामाजिक सञ्जाल फेसबुकमा ट्याग गर्दै प्रकाशन तथा वितरणको जिम्मा लिएका बुकहील प्रकाशनका अध्यक्ष भूपेन्द्र खड्काले समेत यस कुराको जानकारी दिएका छन् ।
अध्यक्ष खड्काले भनेका छन् कि १० दिनमा १० हजार प्रति बिक्री भयो । रामलाल जोशीलाई बधाई ! सम्पूर्ण पाठकप्रति आभार ! कोरोनापछिको समयमा कठिन अवस्थामा रहेको पुस्तक बजार अब अलि आसलाग्दो हुन्छ कि भन्ने लागेको छ ।

