![]()
भजनी/नेकपा (एमाले) निर्वाचन क्षेत्र नं. ३ समन्वय कमिटीको सहकार्य र भजनी नगर कमिटीको आयोजनामा भजनीमा एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला सह-ईन्चार्ज गौरीशंकर चौधरीले ‘मंसिर ४ मा हुने संघीय र प्रदेशसभा निर्वाचन र समय सान्दर्भिक विषय’, केन्द्रीय अनुशासन आयोग सदस्य दिपकप्रसाद देवकोटाले ‘संगठन, संगठन परिचालन, कमिटी र पार्टी सदस्यको दायित्व, पार्टी अनुशासन र समाजवाद’, केन्द्रीय सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्टले ‘मार्क्सवाद, लेनिनवाद, जबज र प्रशिक्षणको महत्त्व’ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला सह-ईन्चार्ज गौरीशंकर चौधरी, विशिष्ट अतिथि केन्द्रीय अनुशासन आयोग सदस्य दिपक देवकोटा, अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्ट, प्रदेश कमिटी सचिवालय सदस्य रतनराज रेग्मी, उज्जल बहादुर बुढा, प्रदेश सदस्य छाया देवकोटा रहेका थिए ।
यस्तै नेकपा एमाले कैलाली जिल्ला कमिटी उप–सचिव ममताप्रसाद चौधरी, जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नं. ३ समन्वय कमिटी संयोजक चक्रबहादुर बिष्ट, जिल्ला कमिटी सदस्यहरु हर्कबहादुर बुढा, राजेन्द्रप्रसाद खनाल, प्रेमबहादुर चँदारा, विजय लक्ष्मी थापा, नोमा डि.सी., पुर्व जिल्ला कमिटी सदस्य चन्द्रिका प्रसाद चौधरी र भिम कुँवर रहेका थिए ।

भजनी नगर कमिटी अध्यक्ष खडक सिंह बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नगर कमिटी सचिव राजबहादुर बुढा र उप–सचिव धर्मराज तिमिल्सिनाले गरेका थिए । भजनी नगर ईन्चार्ज समेत रहेका हर्कबहादुर बुढाले स्वागत मन्तव्य र जिल्ला कमिटी उप-सचिव ममता प्रसाद चौधरीले सहभागी सबैलाई शुभकामना ब्यक्त गरेका थिए ।
