Loading

जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको भन्दै विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताए ।
नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा। कोइरालाले उक्र कुरा बताएका हुन् ।
नेता कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए । नेता डा. कोइरालाले भने, ‘यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।’

कांग्रेसमा उम्मेदवारका आकाङ्क्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उनको तर्क थियो ।