![]()
टीकापुर/ पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं भन्ने मुल नाराका साथ टीकापुर सामुदायिक पुस्तकालयको आयोजनामा १५ औं पुस्तकालय दिवस तथा मोति जयन्ती मनाइएको छ ।

पुस्तकालयका निवर्तमान अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई र विशिष्ट अतिथि टीनपा उपप्रमुख खडक शाह रहेका थिए ।

कार्यक्रममा धनञ्जय तिमिल्सैना, चक्र अधिकारी, कान्तिप्रैसाद ज्ञवाली, दुर्गाप्रसाद भण्डारी, नरबहादुर थापा, बालकृष्ण खनाल, झलनाथ खनाल लगायतले आआफ्ना रचना प्रस्तुत गरेका थिए । यस्तै तेजबहादुर बोहरा, डम्मर थापा, हरि तिमिल्सैना, उदयराम अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव कण्ठराज गिरी र स्वागत मन्तव्य उपाध्यक्ष ताराप्रसाद जोशीले गरेका थिए ।

