![]()
एजेन्सी । भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्बन्ध छ । यस्तो बेला पनि मानवीयताको हिशाबले उद्धारताका विभिन्न उदाहरण देखिन्छ । यसको उदाहरण पेश गरेको छ पाकिस्तानी सेनाले ।
अरब सागरको ग्वद्धार पोर्ट नजिक भारतको कार्गो जहाज पल्टिएर दुर्घटना हुँदा डुब्दै गरेको जहाजबाट पाकिस्तानी सेनाले ९ भारतीयको जीवन बचाएको छ । घटनामा एक चालक दलका सदस्यको मृत्यु भएको छ । उक्त शबलाई पाकिस्तानले भारतलाई हस्तान्तरण गर्नेछ ।
जहाज पल्टिएपछि भारतीय पक्षबाट उद्धारका लागि सहयोग माग गरिएको थियो ।
हेलिकप्टर र जहाजबाट पाकिस्तानी सेनाले भारतीयको उद्धार गरेका थिए । पाकिस्तानी सेनाले जहाजका ९ चालकदलका सदस्यलाई सकुसल जहाजबाट दुबई पुर्याएर उतारेका थिए ।
