Loading

नोवेलश्री माण्डव्य
काठमाण्डौ/जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज हेमन्तराज माण्डव्यलाई केन्द्रीय संसदीय बोर्ड र राजनीतिक समिति (पोलिटब्युरो) सदस्यमा चयन गरेको छ ।

पार्टीको शुक्रबार काठमाण्डौमा सम्पन्न केन्द्रीय समिति बैठकले माण्डव्य सहित सुदूरपश्चिम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य होरीलाल चौधरी र सुदूरपश्चिम प्रदेश साँसद समेत रहेकी केन्द्रीय सदस्य मालमती रानालाई राजनीतिक समिति (पोलिट ब्युरो) सदस्यमा चयन गरेको हो । यसैगरी केन्द्रीय सदस्यमा वासमती राजी र सुशिला चौधरीलाई समेत बैठकले मनोनित गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा रहेको जसपाको १३ सदस्यीय संसदीय बोर्डमा पार्टीका संघीय परिषद अध्यक्ष अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता पदेन सदस्य रहेका छन् भने हरेक प्रदेशबाट एक÷एक जना सदस्य रहेका छन् ।
जसअनुसार सुदूर पश्चिम प्रदेशबाट सहइन्चार्ज माण्डव्यलाई मनोनित गरिएको हो । संसदीय बोर्डले नै पार्टीको महत्वपूर्ण निर्णय लिने र संघ, प्रदेश तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई उम्मेद्वारीका लागि टिकट दिने कार्य गर्ने बोर्डका सदस्य हेमन्त राज माण्डव्यले बताए ।
यस्तै पार्टी अध्यक्षकै अध्यक्षता रहने गरी पार्टी पोलिटब्युरो सरहको समिति राजनीतिक समिति रहेको राजनीतिक समिति सदस्य होरीलाल चौधरीले बताए । केन्द्रीय समिति बैठक बोलाउन नसकिएको अवस्थामा राजनीतिक समितिले नै पार्टीको नीति र विचार सम्बन्धी महत्वपूर्ण निर्णय लिने उनले बताए । रानीतिक समितिमा १ सय ५१ जना सदस्यहरु रहने गरेका छन् ।
पार्टीको स्थायी समितिले संसदीय बोर्डको निर्णय अनुमोदन गर्ने भएकाले पहिले संसदीय बोर्डमा नै छलफल हुने गरेको संसदीय बोड सदस्य तथा राजनीतिक समिति सदस्य माण्डव्यले बताए । उनका अनुसार पार्टीको केन्द्रीय समिति ४ सय ८६ जनाको रहेको छ ।