![]()
काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले सत्तारुढ दल नेपाली कांग्रेसलाई खच्चड र कम्युनिष्टलाई पाखण्डीको संज्ञा दिएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवसँग अलग हुने सहमतिपछि आफू पक्षीय भेलामा प्रस्तुत गरेको दस्तावेजमा उनले उक्त्त संज्ञा दिएका हुन्।
‘वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो। दस्तावेजमा यसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन । यस पार्टीले भन्ने गरेको ‘प्रजातन्त्र’ पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्रमात्र हो ’ उनको दस्तावेजमा भनिएको छ।
उनले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग आफ्नो सहकार्य हुन नसक्ने उल्लेख गर्दै प्रतिस्पर्धा र संघर्ष मात्रै हुने बताएका छन्।
यस्तै, उनले नेपालमा दर्जनौं कम्युनिष्ट समूह रहको बताएका छन् । ‘नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिष्ट समूह हुन । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन्। संसदमा नभएका नेकपाका अन्य घटकहरु बैध, विप्लव, आहुति, माले आदि अनेक समूहहरु छन्’ उनले भनेका छन्।
राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै भएकाले कम्युनिष्टमा पाखण्डी चरित्र प्रदर्शन गर्ने आरोप लगाएका छन्।
