![]()
काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७५ अनुसार निर्धारित समयभित्र एक मात्र उम्मेदवारी परेको अवस्थामा त्यसपछि बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
तर, एकभन्दा बढी उम्मेदवारीको प्रस्ताव दर्ता भएको खण्डमा सभामुखले त्यसलाई मतदान प्रक्रियामा लैजाने प्रावधान रहेको छ । तत्कालिन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजिनामा दिएपछि झन्डै २ वर्षदेखि उपसभामुख खाली रहँदै आएको थियो ।

