Loading

भक्तपुर । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज बुधवार दिउँसो निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई छोरा रहेका रहेको गोसाईले जानकारी दिए ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहन्थ्यो । उनको अन्तिम संस्कार भने विदेशमा रहेका छोरा नेपाल आइपुगेपछि गरिने बताइएको छ ।