![]()
मङ्गलसेन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी निर्वाचनप्रति आफू लचक भएको बताएका छन् । अछाम सदरमुकाम मङ्गलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरु संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ रोखका हुन् ।
आउने सङ्घीय र प्रदेश चुनावमा पार्टी नै दर्ता गरेर चुनावान जाने विचार नभएको भन्दै महासचिव चन्दले जनताको मागअनुसार अगाडि बढ्ने बताए । स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने विषयमा छलफल भएपछि पार्टीबाट केही नेताहरु बाहिर गएको उनले बताए ।
संसदीय व्यवस्थाभन्दा समाज रुपान्तरण र स्वाधीनतासँगै वैज्ञानिक समाजवादका पक्षमा आफूहरु रहेको भन्दै सबै दल एक ठाउँमा उभिन उनले आग्रह गरे । पत्रकारको प्रश्नमा महासचिव चन्दले भने “कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्छ भन्ने हाम्रो सोचाइ छ ।”
