![]()
हेमराज माण्डव्य
कैलाली ४, असार/आफ्नो वशीय पहिचानको सवालमा कटिवद्ध रुपमा लागिरहेको माण्डव्य समाज नेपालले बिहीबार कैलालीमा प्रदेश स्तरीय भेला गर्दै सदुरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
‘आफै खोजौं आफ्नो पहिचान, अघि बढौं गरौं पुर्खाको सम्मान’ भन्ने मूल नाराका साथ माण्डव्य समाज नेपालको सुदुरपश्चिम प्रदेश भेलाले समाजका केन्द्रीय सदस्य जगत भण्डारीको अध्यक्षतामा १९ सदस्सयीय सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।
समितिका सदस्यहरुमा मोतिराम भण्डारी, लक्ष्मी अधिकारी, नरपति रावल, धनीराम भण्डारी, पदम भण्डारी, चन्द्रकान्त भण्डारी, दलबहादुर रावल, शिवप्रसाद भण्डारी, बृजलाल अधिकारी, झनक भण्डारी, ज्ञानेन्द्र श्रेष्ठ, प्रभुनाथ भण्डारी, मात्रिका भण्डारी, पुर्ण बहादुर विष्ट, हेमराज ज्ञवाली, लोकबहादुर रावल, नन्दराम बजगाई र नृप भण्डारी रहेका छन् ।
समितिका अन्य पदाधिकारी भने समिति पहिलो बैठकमा चयन गरिने प्रदेश अध्यक्ष जगत भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार यो समिति तदर्थ समिति भएकाले सबै सदस्यहरुलाई केन्द्रीय समितिको निर्णय अनुसार गरिएको हो ।
भण्डारीले भने माण्डव्य समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन लुम्विनी प्रदेश अन्तर्गत गुल्मीको रिडी क्षेत्रमा आगामी केही दिनमा हुने भएकाले र संस्थाको विधान अनुरुप प्रदेश संरचनामा जानुपर्ने भएकाले हामीले तत्कालका लागि प्रदेश समितिलाई चयन गरिएको बताए ।
समाजको प्रदेश भेलामा केन्द्रीय अध्यक्ष हेमन्तराज माण्डव्य प्रमुख अतिथि रहेका थिए भने केन्द्रीय सदस्य देवानन्द भण्डारी, सविता बजगाई विशिष्ठ अथिति रहेका थिए । त्यसैगरी अन्य अतिथिहरुमा समाजमा केन्द्रीय सल्लाहकार मोतिराम भण्डारी, पुर्व केन्द्रीय सदस्य दलबहादुर रावल, दिर्घराज जैशी लगायत रहेका थिए ।
सविता बजगाईको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन रण बहादुर भण्डारीले गरेका थिएभने उपस्थित अतिथिहरुलाई नेत्र भण्डारीले स्वागत गरेका थिए ।
