![]()
हेमलम्व माण्डव्य
असार/माण्डव्य समाज नेपाल कैलाली जिल्ला शाखाको तेस्रो अधिवेशन घोडाघोडी नगरपालिकाको साढेपानीमा सम्पन्न भएको छ । जिल्लाको मध्यवर्ती क्षेत्र साडेपानीमा बिहीबार राती अबेरसम्पन्न भएको अधिवेशनले नरेश जैशी बजगाईलाई अध्यक्ष चयन गरेको छ ।
बजगाईको अध्यक्षतामा ११ सदसीय जिल्ला कार्यसमिति सर्वसम्मवत रुपमा चयन भएको हो । निर्विरोध निवाचित सदस्यहरुमा खगेन्द्र भण्डारी, भक्तबहादुर विष्ट, दिर्घराज जैशी, धनीराम भण्डारी, मंगला बजगाई, हिक्मत भण्डारी, जोराशिंह विष्ट, चन्द्रा विष्ट, देवानन्द जैशी र झनक भण्डारी रहेका छन् ।

नरेश बजगाइको अध्यक्षतामा भएको उक्त अधिवेशन सत्रमा समाजका केन्द्रीय अध्यक्ष हेमन्तराज माण्डव्य प्रमुख अथिति हेका थिए । यसैगरी विशिष्ठ अथितिमा समाजकी केन्द्रीय सदस्य तथा महिला संयोजक सविता बजगाई र अथितिरुमा केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज जगत भण्डारी, केन्द्रीय सदस्य देवानन्द भण्डारी, केन्द्रीय सल्लाकार मोतिराम भण्डारी, दलबहादुर रावल, गोकेन्द्र भण्डारी र नन्दराज बजगाई रहेका थिए ।

समाजको तेस्रो अधिवेशनबाट माण्डव्य समाज नेपालका केन्द्रीय अध्यक्ष हेमन्तराज माण्डव्यलाई सम्मान गरिएको छ । समाजको ,परिकल्पना गरी स्थापना कालदेखि निरन्तर, निष्पक्ष र निष्कलंकित रुपमा माण्डव्य वशको खोज अभियानमा लागिरहेकाले केन्द्रीयअध्यक्ष माण्डव्यलाई सम्मान पत्र सहित सम्मान गरिएको बताइएको छ । कार्यक्रममा कैलाली जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने जगत भण्ण्डारी, सविता बजगाई, देवाननद भण्डारी र दुर्इजना बयोवृद्धहरुलाई सम्मान गरिएको छ ।

यसअघि अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि माण्डव्यले आफूहरु राजनीतिक दलका सदस्य नभई माण्डव्य वशीय एक पारिवारिक घरका सदस्यहरु भएको बताए । उनले भने, यहाँ गैर राजनीति हिसावले रहेर माण्डव्य वशको खोजीनीतिलाई कायम राख्दै आफ्नो पहिचान सहित समाजसेवामा कटिवद्ध हुनुपर्ने हुन्छ । सोही अनुरुप हामीले माण्डव्य समाज नेपालको परिकल्पना गरेर आजको समयमा देशका विभिन्न क्षेत्रमा र विदेशमा समेत माण्डव्य वंशको खोज अभियानलाई निरन्तरता दिएका छौं र तपाई सबै बन्धुहरुले पनि यसै अवधारणालाई आत्मसाथ गर्दै आफ्नो पहिचानको लागि माण्डव्य समाजमा नेपालमा आवद्धता भई कृयाशिल हुनुहुनेछ भन्ने विस्वास लिएको छु ।

