Loading

जेठ/सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् ।

यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइन्थ्यो । अब भने अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने भएको हो ।

यस्तै उनले पत्रकारहरुलाई १० लाख आर्थिक सहयोग दिन सकिने प्रावधान बजेटमा राखेपनि मन्त्रालयका कर्मचारीहरुले उक्त बुँदा बजेटबाटै गायब गरिदएका छन् । अर्थमन्त्री शर्माले उक्त कुरा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष खिलाबहादुर भण्डारीसँगको भेटमा गरेका छन् । भण्डारीले सो कुरा सामाजिक सञ्जालमा राखेका छन् ।