Loading

टीकापुर, १९ जेठ। नारी शिल्पकला विकास केन्द्र टीकापुरको १० औं चुनावी साधारण सभाले अध्यक्षमा पुनः कृष्णा भण्डारीलाई नै निर्विरोध चयन गरेको छ ।

बुधबार टीकापुरमा भएको साधारण सभाले भण्डारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्ष चन्द्रावती शर्मा, सचिव सुनिता अधिकारी ओझा, कोषाध्यक्ष प्रतिभा आचार्य, सह सचिव सूर्यादेवी भट्टराई चयन गरेको हो ।

कार्यसमिति सदस्य हरुमा चन्द्रा केसी, शारदा देवकोटा, टंकी शर्मा, गीतादेवी रावल, सृजना शर्मा पण्डित, शिलु खतिवडा र गौमती देवी रेग्मी चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो र्बैठकले विधान बमोजिम ३ जना सदस्य बुधवार नै मनोनित गरेको छ । मनोनित सदस्यमा नर्वदा सुवेदी, अर्चना चौधरी, नेहा सुनार रहेका छन् ।
यस्तै सल्लाहकार समितिको संयोजकमा विष्णुदेवी रावल, सदस्यहरुमा नवराज रावल, राधा रावल, कमला केसी, कलावती स्वाँर, गणेशप्रसाद ओझा, बमबहादुर धामी, उपमा केसी, शोभा शर्मा ज्ञवाली, कला विष्ट र पवनदेवी तिमिल्सिना रहेका छन् ।