![]()
टीकापुर/स्थानीय निर्वाचन २०७९ को निर्वाचनमा टीकापुर नगरपालिकाबाट उम्मेद्वार बनेकाहरुमा सबैले आफू जित्ने दाबि गरेपनि परिणाम सँगै धेरै दाबि केवल दाबिमा मात्र सिमित रहन पुगेका छन् ।
उम्मेद्वारहरुमा नगरप्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरी १० जना रहेका थिए । यस्तै उपप्रमुखमा पनि पार्टी र स्वतन्त्र गरी १० जना नै रहेका थिए । ९ वटा वडाका वडाध्यक्षका लागि भने विभिन्न वडाबाट फरक फरक संख्यामा उम्मेद्वार रहेका थिए ।
वडा नं १ मा १० जना, २ मा ९ जना, ३ मा ७ जना, ४ मा ५ जना, ५ मा १० जना, ६ मा ५ जना, ७ मा ४ जना, ८ मा ५ जना, ९ मा ५ जना गरी ६० जना उममेद्वारहरु मैदानमा उत्रिएका थिए । तर विजेता बन्न भने ९ जना मात्र सफल भए ।
नगरप्रमुखमा नागरिक उन्मुक्तिबाट रामलाल चौधरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट खडकबहादुर शाह निर्वाचित भएका थिए । यसैगरी वडा नं १ बाट नेकपा एमालेका मोहन लोहार, २ मा नेपाली काँग्रेसका दीपक चौधरी, ३ मा नेपाली काँग्रेसका ऋषि बि.क., ४ मा नागरिक उन्मुक्तिका लालवीर चौधरी, ५ मा नागरिक उन्मुक्तिकै बलवीर थारु, ६ मा नेपाली काँग्रेसका बलिराम चोधरी, ७ मा नेकपा माओवादी केन्द्रबाट यज्ञप्रसाद न्यौपाने, ८ मा नेकपा माओवादी केन्द्रकै दिर्घबहादुर ठकुल्ला र ९ मा पनि नेकपा माओवादी केन्द्रकै लौटन चौधरी विजयी भएका हुन् ।
टीकापुर नगरपालिकामा विजयी तथा अन्य उम्मेद्वारहरुको मत विवरण
नाउपा : रामलाल चौधरी (९६४२) नगरप्रमुख (विजयी)
नेपाली काँग्रेस : नवराज रावल (६६४२)
नेकपा एमाले : श्याम खत्री (४९३३)
स्वतन्त्र : ललित थापा (१६९९)
जसपा नेपाल : धर्म घर्तीमगर (४७८)
राप्रपा : गोविन्द रिमाल (४५९)
स्वतन्त्र : लोकबहादुर बुढा (१८५)
लोसपा : प्रेमबहादुर चौधरी (१७०)
मौजकिपा : राजु कुमार विष्ट (११७)
संलोराम : गोपाल कर्मी (१०७)
नेकपा माओवादी : खडकबहादुर शाह (७९५५) नगर उपप्रमुख (विजयी)
नाउपा : उल्कादेवी बि.क. (७८०२)
नेकपा एमाले : उपमा रावल केसी (४१९८)
स्वतन्त्र : मिना साउँद (१२७८)
राप्रपा : सरस्वती बोहरा (५८८)
स्वतन्त्र : मायादेवी जैसी (१४८)
मौजकिपा : हीरादेवी थारु (१२५)
जसपा : नेपाल पिन्की कामी (१२४)
संलोराम : सुमिता बि.क. (१११)
नेकपा एमाले : मोहन लोहार(बि.क)(२४९८) वडा नं १ अध्यक्षमा (विजयी)
नाउपा : लक्ष्मण चौधरी (२४९५)
नेकपा समाजवादी: सुर्यचन्द्र भट्टराई (१९५२)
राप्रपा : अर्जुन शाही (५१७)
नेका (विपी) : बीरेन्द्र कुँवर (४९५)
जसपा : नरबहादुर घर्तीमगर (१४९)
स्वतन्त्र : हिरण्ड रावल (९९)
मौजकिपा : टीकाकुमारी रावल (२४)
स्वतन्त्र : उदयराम अधिकारी (१)
नेपाली काँग्रेस : दीपक चौधरी (८३१) वडा नं २ अध्यक्षमा (विजयी)
नाउपा : राजेश चौधरी (६३०)
नेका (विपी) : अर्जुन ठकुल्ला (२९३)
नेकपा एमाले : प्रकाशबहादुर बुढाथोकी(२१५)
नेकपा समाजवादी: भागीराम चौधरी (२१३)
संलो.रा.म. : दिर्घ तिरुवा(१७७)
राप्रपा : चेतबहादुर सिंह (३२)
जसपा : कालु टमट्टा (१५)
स्वतन्त्र : देवानन्द जैसी (१३)
नेपाली काँग्रेस : ऋषि बि.क. (६३३) वडा नं ३ अध्यक्षमा विजयी
नेकपा माओवादी : पतिराम चौधरी (५७५)
नाउपा : रामसेवक महतो (३२९)
नेकपा एमाले : रामचन्द्र चौधरी (२२०)
स्वतन्त्र : दमन कुमार चौधरी (१४४)
जसपा नेपाल : गोपाल बि.क. (८१)
राप्रपा : तारा बि.क. (३४)
नाउपा : लालबीर चौधरी (१२३०) वडा नं ४ अध्यक्षमा विजयी
नेपाली काँग्रेस : गोरे डगौंरा थारु (४५०)
नेकपा एमाले : केशरसिंह ठकुरी (३६७)
मौजकिपा : उर्मिला चौधरी (३७)
नेकपा माओवादी: मान बहादुर कामी (३४)
नाउपा : बलवीर थारु (८२०) वडा न. ५ अध्यक्षमा विजयी
नेपाली काँग्रेस : अनन्त खड्का (४६१)
नेकपा एमाले : विजय सार्की (४४७)
ने लो पा: बलबहादुर चौधरी (२०८)
स्वतन्त्र : शेरबहादुर साउँद (१६६)
नेकपा माओवादी: चक्रबहादुर कामी (९९)
स्वतन्त्र : टेकबहादुर खड्का (६६)
राप्रपा : नरबहादुर शाह (४९)
मौ.ज.कि.पा. : नृपप्रसाद उपाध्याय (१६)
संलोसम. : खम्बे टमट्टा (११)
नेपाली काँग्रेस : बलिराम चौधरी (७६९) वडा नं ६ अध्यक्ष विजयी
नेकपा माओवादी : फिरुलाल चौधरी (४०८)
नाउपा : बलिराम चौधरी (३७२)
राप्रपा : सन्तोष खड्का (२६०)
नेकपा एमाले : ज्ञानेन्द्र ब. नायक (२२४)
नेकपा माओवादी : यज्ञप्रसाद न्यौपाने (८९८) वडा नं ७ अध्यक्ष विजयी
नाउपा : पहलवान चौधरी (८२७)
नेपाली काँग्रेस : हरिकुमार कार्की (६९३)
नेकपा एमाले : नरेश्वर धमाला (२३६)
नेकपा माओवादी : दीर्घबहादुर ठकुल्ला (८४७) वडा नं ८ अध्यक्ष विजयी
नेपाली काँग्रेस : शेर बहादुर साउँद (६८३)
नेकपा एमाले : हिरा सिंह टमट्टा (३६२)
नाउपा : बालगोविन्द चौधरी (१८७)
मौजकिपा : चेतराम चौधरी (५)
नेकपा माओवादी : लौटन चौधरी (७१६) वडा नं ९ अध्यक्ष विजयी
नेपाली काँग्रेस : विजय धामी (४९५)
नाउपा : रमेशलाल चौधरी (२४९)
नेकपा एमाले : सुरेशकुमार खड्का (१३५)
मौजकिपा : रुपादेवी बोहरा (१)
विजयी सदस्यहरु
गणेश घर्तीमगर )२४१६, नाउपा) वडा नं १
नरेश बि.क. (२२३२, नाउपा)
प्रेमकला चौधरी (२५५०, नाउपा)
चरणदेवी बि.क (२५४२, नाउपा)
देवेन्द्र चौधरी (७०९, नाउपा) वडा नं २
खम्म ठकुल्ला ( ६७४, नेका)
टंक ओली कार्की (७१३, नेका)
सरस्वती तिरुवा (७३४, नाउपा)
जयराम थारु (४९४, नेका) वडा नं ३
टेकराम चौधरी (४८७, नेका)
लवरी चौधरी (५३४, माके)
कमला देवी बि.क. (५३७, माके)
दीपेन्द्र चौधरी (१११७, नाउपा) वडा नं ४
प्रेमलाल चौधरी (१०७२, नाउपा)
रुपमती डँगौरा (११५३, नाउपा)
तुलसादेवी बि.क. (१२१०, नाउपा)
बलराम चौधरी (८५९, नाउपा) वडा नं ५
कन्हैया चौधरी (८२३, नाउपा)
बास्मती कु. चौधरी (८६२, नाउपा)
सरिता भुल (८९६, नाउपा)
पूर्णबहादुर नायक (६३०, नेका) वडा नं ६
रामकुमार चौधरी (६२२, नेका)
राजरानी चौधरी ( ६६६, नेका)
आरती देवी बि.क. (६९६, नेका)
राजकुमार चौधरी (७९४, नाउपा) वडा नं ७
अभिमन्यु चौधरी (७८४, नाउपा)
कैलाशपति चौधरी (८७४, नाउपा)
आइतीदेवी सुनार (८७१, नाउपा)
पहले साउँद (७९५, माके) वडा नं ८
राजुप्रसाद चौधरी (७५७, माके)
निशादेवी चौधरी (८०४, माके)
संगीता बि.क. ओड (७९२, माके)
किरण बहादुर चौधरी ( ६५०, माके) वडा नं ९
भरत बहादुर साउँद (६२२, माके)
लाली डँगौरा (६९१, माके)
दिलु कामी (६८६, माके)
