Loading

टीकापुर, १५ जेठ/ टीकापुर सामुदायिक एफएमले आइतबार स्थानीय जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ ।

सम्मानित हुनेमा २०७९ को स्थानीय निर्वाचनमा जानकी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका एफएमका संस्थापक प्रबन्ध निर्देशक तथा मातृसंस्था सञ्चारकर्मी समूहका संस्थापक अध्यक्ष गणेश चौधरी, सञ्चारकर्मी समूहका संस्थापक सदस्य तथा टीकापुर नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन बहादुर लोहार(बि.क.), रहेका छन् ।

यसैगरी एफएमका पूर्व सञ्चालक समिति सदस्य तथा टीकापुर नगरपालिका वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने र टीकापुर नगरपालिकाका प्रमुख रामलाल चौधरी रहेका छन् ।

एफएमका सञ्चालक समिति अध्यक्ष रंगप्रसाद अधिकारी, सदस्य कमला केसी, सञ्चारकर्मी समूहका अध्यक्ष दीपक थापा, पुर्वअध्यक्ष दुर्गाप्रसाद भण्डारी, संस्थापक उपाध्यक्ष भुवनेश्वर अधिकारी, स्टेशन म्यानेरजर एकेन्द्र तिमिल्सैना लगायतले खादा तथा टीका लगाएर सम्मान गरेका थिए ।

अध्यक्ष रंग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष चौधरी, वडाध्यक्षद्वय न्यौपानेर लोहारले आफूहरुलाई सम्मानित गरेको हार्दिक धन्यवाद दिएका थिए ।

उनीहरुले टीकापुरको सञ्चारर्गहका रुपमा रहेको सामुदायिक एफएमले सबै जनताका आवाज समेटेको भन्दै आ-आप्नो क्षेत्रबाट सकिने सहयोग गरिने बताए । आपूहरुका खराब पक्षलाई उजागर गर्न र राम्रा कामहरु जनतासामु पुरयाईदिन समेत आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर एकेन्द्र तिमिल्सेनाले गरेका थिए ।