![]()
टीकापुर/१५ औं गणतन्त्र दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र टीकापुर नगरपालिका वडा नं ९ को वडा कमिटीले स्थानीय नगरप्रमुख र उपप्रमुखलाई समनित गरेको छ ।

आइतबार एक रोहिनीबोझी एकतानगरमा कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख, उपप्रमुख सहितका स्थानीय जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ । वडा नं ९ को रुइनीबोझीमा भएको उक्त कार्यक्रममा नगरप्रमुख रामलाल चौधरी, उपप्रमुख खडकबहादुर शाह, वडा सदस्य दिलुदेवी बि.क. लगायतलाई सम्मानित गरेको हो ।

पार्टी वडा सचिव मंगल चौधरीको अध्यक्षता र सञ्चालनमा भएको उक्त कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य सुरेन्द्र देवकर, नगर उपाध्यक्ष कमला कोइराला लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख चौधरी तथा उपप्रमुख शाहले सम्मानका लागि आभार ब्यक्त गरेका थिए ।


