![]()
धनगढी/वामपन्थी लेखकहरुको संस्था प्रगतिशील लेखक संघ कैलालीको पाँचौ जिल्ला अधिवेशनले दिपिका भट्टको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार धनगढीमा भएको जिल्ला अधिवेशनले भट्ट अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको हो ।

कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सागर कुश्मी, सचिव तेजराज कापडी, सहसचिव अञ्जना श्रेष्ठ र कोषाध्यक्षमा सरस्वती साउँदलाई चयन गरेको हो । यसैगरी सदस्यहरुमा मेर्जन शाही, योगराज आचार्य, लोकेश खनाल, दीपक बहादुर सिंह, अशोक बोहरा र कोपिला शर्मालाई चयन गरेको छ । अन्य चार सदस्यहरु कार्यसमितिको बैठकले पछि चयन गर्नेछ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय सचिव बाबुराम आचार्यले सपथ खुवाएका थिए । यसअघि उद्३ँटन सत्र कार्यसमितिका अध्यक्ष तिलक बहादुर सिंहको अध्यक्ष्तामा भएको थियो । कार्यक्रममा गोरखापत्रका पूर्व सञ्चालक दुर्गाप्रसाद भण्डारी, सहप्राध्यापक हरिकृष्ण कडायत, डा. पुष्पराज भट्ट, लक्षीराम आचार्य, चक्र अधिकारी, आर सी भट्ट लगायतको सहभ्ँगिता रहेको थियो ।
