Loading

कारवाही गर्ने तयारी आयोजना प्रमुखलाई ज्ञापन

टीकापुर,/बाढीपीडित संघर्ष समितिले रानी जमरा कुलरिया सिचाई आयोजनाको कार्यालयमा शनिबार ज्ञापन पत्र बुझाएका छन् ।
बिहान ८ बजे रानी जमरा कुलरिया सिचाई आयोजनाको कार्यालयमा पुगेका बाढीपीडित संघर्ष समितिको समूहले टिमले रानीजमरा कुलरिया सिचाइ आयोजना प्रमुख केदार श्रेष्ठलाई गम्भीर रूपमा ध्यानाकर्षणका साथै ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।
संघर्ष समितिका संयोजक धनसिंह साउँदको नेतृत्वमा गएको सो टीममा टिकापुर नगरपालिका प्रमुख तपेन्द्र रावल, वडाअध्यक्ष दीर्घ ठकुल्ला, स्थानीय सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यसअघि निरन्तररुपमा बाढीपिडीत संघर्ष समितिले छलफल बहस र निगरानि गर्दै आएको छ ।
संघर्ष समिति संयोजक धनसिंह साउँका अनुसार राजापुर क्षेत्रमा सुन अन्वेषण गर्ने नाममा कर्णाली तिरमा उत्खखन भइरहेकोले कर्णालीको धार टीकापुरक्षेत्रतिर बढ्ने भएकोले टीकापुरक्षेत्र नदीबाट उच्च जोखिममा रहेको छ ।
रानी जमरा कुलरिया सिचाई आयोजनाले तटबन्ध गर्न ठेक्का भई काम शुरु भएपनि अहिलेसम्म कुनै गति नलिएकोले समयमै सम्पन्न नभए टीकापुरका विभिन्न ५ वटा वडाहरु अत्यधिक डुबानमा पर्ने जोखिम बढेको बताए ।
त्यसैले समयमै तटबन्ध गर्नका लागि आयोजना प्रमुखलाई चारबुँदे ज्ञापन पत्र दिएका छौं, यसैगरी प्रदेश सरकारको ध्यानाकर्षण गराउन पनि जाने बताए । समितिसँगै सहजीकरणका लागि पुगेका टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलले तटबन्धका लागि रानी जमरा कुलरिया सिचाई आयोजना प्रमुख केदार श्रेष्ठसँग छलफल गरिएको बताए । उनले तदारुकताका साथ आइतबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन धनगढी जाने बताए ।
यता रानी जमरा कुलरिया सिचाई आयोजनाका प्रमुख केदार श्रेष्ठले समितिले दिएको ज्ञापन पत्रमा आप्mनो ध्यानाकर्षण भएको बताए । उनले लामो समयसम्म पनि काम नगर्ने सिद्धी शाही हेगिब्रा निर्माण कम्पनीलाई कारवाहीको सिफरिस गरिने बताए । सो कम्पनीले सत्ति कर्णाली सामुदिायिक वन क्षेत्रमा पर्ने कर्णाली तटीय क्षेत्रमा तटबन्ध तटबन्धको ठेक्का लिएको थियो ।
यस्तै शाहीपुरमा कर्णाली नदीले कटान गरेको ठाउँमा ठेक्का खोलिसकेकोले। यही माघ २३ गते ठेक्का खूल्ने बताए । तर भूराखानी वन क्षेत्रको नदी तटीयक्षेत्रमा तटबन्धको ठेक्का लिएको राजेन्द्र निर्माण सेवा कम्पनीले पनि काममा ढिलाई गरिहेको बताए ।