Loading

नेकपा माओवादी केन्द्र निकट मानिदै आएको पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस शनिबार देशभर मनाइएको छ ।
संगठनको केन्द्रीय कार्यालय बबरममहलबाट भर्चुअल प्र्रविधिको प्रयोग गर्दै बिहान ८ बजेदेखि १०ः३० बजेसम्म देशभरबाट करिब तीनसय पत्रकारहरु सो कार्यक्रममा जोडिएका थिए ।
‘प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस तथा छलफल कार्यक्रम’ नाम दिइएको सो कार्यक्रममा नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा जिल्ला समन्वय समिति र शाखा अध्यक्षहरु सहभागी गराइएको थियो ।
कार्यक्रममा सात भौगोलिक प्रदेश सहित ११ प्रदेश (एशोशियट, प्रतिष्ठान, उपत्यका र प्रवास) का अध्यक्ष हरुले सम्बन्धित प्रदेशको वस्तुगत स्थितिको बारेमा जानकारी गराएका थिए ।
प्रदेश न. १ बाट विनोद घिमिरे, मधेश प्रदेशबाट किरण कर्ण, बाग्मती प्रदेशबाट यदुनाथ गौतम, गण्डकी प्रदेशबाट अर्जुन काफ्ले, लुम्बिनी प्रदेशबाट मानसिंह बि.क., कर्णालीबाट प्रतीक शर्मा, सुदूरपश्चिम प्रदेशबाट भुवन बोहरा, एशोसियट प्रदेशबाट रोयल आचार्य, प्रतिष्ठान प्रदेशबाट वीरेन्द्र ओली, प्रवासबाट आर.बि. खडकाले आ–आफ्नो प्रदेशको तर्फबाट धारणा राखेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहालले संगठनका प्रमुख तीनवटा कार्यभार रहेकाले सबैले त्यो पूरा गर्नमा लाग्नुपर्ने बताए ।
उनले जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि संगठनको पहिलो कार्यभार आगामी निर्वाचनमा संगठनको भूमिक रहेको बताए । यस्तै दोस्रो संगठनको सुदृढिकरण र तेस्रो प्रतिक्रान्तिकारीहरुबाट लगाइने अनावश्यक लाञ्छना लाई प्रतिवाद गरी सत्य तथ्य कुरा जनता सामु पु¥याउनु पर्ने काम प्रेस सेन्टर नेपालका हरेक नेता कार्यकर्ताहरुको रहेको बताए ।
उनले नेपाल पत्रकार महासंघमा खेल्नुपर्ने भूमिका र पत्रकार आचार संहिताको पालनाका लागि पनि सेन्टरका साथीहरु अग्र मोर्चामा रहनुपर्ने बताए । त्यस्का लागि नवनिर्वाचित अध्यक्ष जुगल (विष्णुप्रसाद सापकोटा)लाई सबैले साथ दिएर अघि बढ्नुपर्ने बताए ।
प्रेस सेन्टर नेपालको जग निर्माणमा संलग्न सबैको योगदान रहेका बताए । उनले २०६३ मा २२ जना सहभागी भएर क्रान्किारी पत्रकार संघ गठन गरेपनि यस्को जग भने २०५४ सालमा नै जन पत्रकार संघको नामले हालिएको बताए । शक्ति लम्सालको नेतृत्वमा आपूmसहित पाँच सदस्यीय कार्यसमिति रहेपनि ततकालीन सरकारले धरपकड तिव्र पारेपछि त्यो संगठन त्यतिकै निष्क्रिय रहेको थियो । त्यसपछि २०५८ सालमा चारैतिरबाट प्रहार हुन थालेपछिमात्र संगठनको फेरि महशुष गरेर बनाएको बताए ।
उनले २२ जना मात्रको योगदान होइन यस्को गठन र निर्माणका लागि थुप्रै साथीहरुको योगदान छ । त्यतिबेला पूर्वी कमाण्डबाट गोविन्द आचार्य पुगेपनि पश्चिम कमाण्डबाट ओम आचार्य पुग्न नसकेको बताए । समय र परिस्थतिका कारण सबै साथीहरु त्यो समयमा सहभागी मात्र हुन नसकेका मात्र हुन् योगदान सबैको छ, इन्चार्ज दाहालले भने ।
त्यसैले आजसम्म सहमति र सहकार्यबाट नेतृत्व सहित पदाधिकारी चयन हुँदै आएकोले नै हामी छोटो समयमा धेरै सफलता हासिल गर्न सकेका हौं । अहिले पनि अधिकतम प्रयास गरेर सहमतिमै पदाधिकारी चयन गर्नुपर्नेअन्तिम समइसम्म पदाधिकारी चयन हुन नसके मात्र लोकतान्त्रिक विधिबाट टुंग्याइनुपर्ने बताए ।
यसै क्रममा बोल्दै उनले सबैसाथीहरुले पेसागत मर्यादा पनि बिर्सनु हुँदैन । ब्यवसायिक पत्रकारिताका साथै आवश्यकता परेको बेला देश, जनता, समाज र पार्टीका लागि मिशन पत्रकारिता गनुपर्ने उनले बताए । यही नै अरु र क्रान्तिकारी पत्रकारहरुमा भिन्नता रहेको बताए । हिजोजस्तै अहिले पनि यो दायित्व प्रेस सेन्टरको काँधमा आएको छ ।
यस्तै प्रेस सेन्टरका अर्का संस्थापक नेता तथा पार्टी प्रचार विभागका सचिव गोवन्दि आचार्यले प्रेस सेन्टरको इतिहास कोट्ट्याउँदै आज कतिपय साथीहरु हामी माझ नरहेपनि उनीहरुको सपनालाई साकार पार्ने चुनौति हामी सामु रहेको बताए ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनले कृष्ण सेन इच्छुक, शक्ति लम्साल, दण्डपाणी न्यौपाने, महेश्वर दाहालको योगदानलाईप्रेस सेन्टरले कहिल्यै बिर्सन नसक्ने र बिर्सन नहुने बताए । संस्थापक अध्यक्ष समेत रहेका दाहालले १८ वर्षको समयसम्म सहमति र सल्लाहबाटै संगठन चलाउनुले पनि उहाँको भूमिकाको बारेमा बुभ्mन सकिन्छ आचार्यले भने । यस अवधिमा दाहालले पत्रकार महासंघ लगायत सञ्चार सम्वद्ध विभिन्न संस्थामा प्रेस सेन्टरको उपस्थिति मात्र नभई नेतृत्व समेत स्थापित गर्न सफल भएकोले उहाँको योगदान अविस्मरणीय रहने बताए ।
कार्यक्रममा संगठनका संस्थापक ओम आचार्यले पनि म मात्रै हुँ, सबै ठाउँमा म मात्रै हुनुपर्छ भन्ने भावना त्यागेर गएमा संगठन राम्रो बन्ने बताए । उनले सबैलाई त्यो आग्रह त्याग्दै संगठन निर्माणमा लाग्न सल्लाह दिए ।
हरेक स्थानीय तहमा एक अनलाइन र छापा माध्यम चलाउन नसकिने नभएकोउनले बताए । साथीहरु पत्रकार बन्नको लागि पत्रकाीरता गर्नै पर्छ उनको कथन थियो ।
सेन्टरका अध्यक्ष बिष्णु सापकोटाले यो मुलुकमा क्रान्तिको नेतृत्व गर्दै आएको एक मात्र संगठन प्रेस सेन्टर नेपाल नै रहेको बताए । उनले प्रतिकुल अवस्थाका कारण अहिले केन्द्रीय समितिको बैठक बसी पदाधिकारी टुंग्याउन नसकेपनि कोविडको प्रकोप कम भएमा फागुनमा बैठक बसी टुंग्याइने बताए ।
उनले प्रदेश तथा शाखा उपशाखाहरुले आ–आफ्नो काम तदारुकताका साथ गर्न अनुरोध गर्दै केन्द्रकोमुख ताकिरहनु नपर्ने बताए । पदाधिकारी टुंगिएन भनेर प्रदेशका कुनै पनि काम रोक्न नहुने बताए ।
कार्यक्रममा प्रमुख अतिथी पार्टी अध्यक्ष पुष्पकमल दाहाल भएपनि राजनैतिक ब्यस्तताका कारण उपस्थित हुन नसकेपछि शुभकामना संदेश पठाएका थिए । विष्णु सापकोटा जुगलको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रमको सञ्चालन मनोज घर्ती मगरले गरेका थिए ।
कैलालीमा मास्क वितरण
यसैवीच प्रेस सेन्टर नेपाल कैलालीले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई मास्क वितरण गरेको छ ।
प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेजराज भट्टले पत्रकारहरुले कोरोनाको बेला पनि जोखिम मोलेरै रिपोर्टिङ गर्नुपर्ने बाध्यतालाई ध्यान दिँदै स्वास्थ्य सुरुक्षाका लागि मास्क वितरण गरिएको बताए । सेन्टरका अध्यक्ष भट्टले नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीलाई मास्क उपलब्ध गराएर वितरण कार्यको सुरुवात गरे ।
मास्क वितरण कार्यक्रममा धनगढीमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
बाजुरामा विरामीलाई फलपूmल वितरण
यसैगरी प्रेस सेन्टर नेपाल बाजुराको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ ।
जिल्ला अस्पतालमा वार्डमा रहेका १० जना बिरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको नेकपा माओवादी केन्द्रका प्रचार प्रसार विभाग प्रमुख शुरेस बिकले बताए ।
कोभिड(१९ का कारण प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवस मनाउन जिल्लामा भेला गरेर कार्यक्रम गर्न सम्भव नभएकाले विरामीहरुलाई पोषिलो तथा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताए ।
बिरामीलाई फलफुल वितरण कार्यक्रममा माओवादी केन्द्र बाजुराका प्रचार विभाग प्रमुख सुरेश वि.क.को प्रमुख आथित्यमा फलफुल बितरण गरिएको अध्यक्ष शाहीले बताए । अनावश्यक रुपमा खर्च गर्नु भन्दा स्वास्थ्य अवस्था कमजोर रहेका विरामीलाई मानवीय सेवाका लागि सानो भएपनि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले संगठनले सधै रचनात्मक र समाजसेवामा टेवा पुग्ने कार्यमा अग्रसर हुन प्रेस सेन्टरलाई आग्रह गरेका छन् ।
अस्पतालमा रहेका दश जना विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख सुरेश वि।क। ,प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निमेन्द्र शाही, सहितको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, महासंघ सदस्य देवराज पाध्याय, प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले, अनेरास्ववियु क्रान्तिकारी बाजुराअध्यक्ष खेमराज साउँद लगायतको सहभागी थिए ।