Loading

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनको उद्घाटन गरेका छन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमाआयोजित समारोहमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर उद्घाटन गरका हुन्।

महाधिवेशनमा शुभकामना दिन विभिन्न दलका नेताहरु प्रज्ञा भवन पुगेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन्।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली भने कार्यक्रममा सहभागी भएका छैनन्। अर्को कार्यक्रमका लागि झापा पुगेका ओलीलाई आइतबार बिहान प्रचण्डले टेलिफोनमार्फत महाधिवेशनको निम्तो दिएका थिए।

एमालेको तर्फबाट महासचिव शंकर पोखरेल गएका छन्। पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादी केन्द्रले उद्घाटन समारोहमा ११ दललाई निम्तो दिएको थियो। हिजो बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई आज बिहानबसेको केन्द्रीय समितिले अनुमोदन गरेपछि महाधिवेशनको उद्घाटन भएको हो।

उद्घाटनसत्रअघि नेता कार्यकर्ताहरुले अमेरिकी परियोजना (एमसीसी) विरुद्ध नाराबाजीसमेत गरेका थिए।

एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको

 अध्यक्ष दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् । आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रकका अध्यक्ष प्रचण्डले आफूहले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको बताएका छन् । पार्टी एकता गर्दा आफूहरुको उदेश्य गलत नभएको उनको भनाइ थियो ।

‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएन’ उनले भने ‘एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं ।’  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका थिए । माओवादीको कार्यक्रममा पोखरेलले त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।