Loading

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लागो सार्वजनिक गरेको छ ।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका प्रचार तथा प्रकाशन विभागले तयार गरेको बीच राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो । यसअघि विभागले पोष्टर सार्वजनिक गरिसकेको छ ।

लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने नारा समेटिएको छ । यस्तै लोगोभित्र माओवादीको झण्डा बोकेका क्रान्तिकारीसहित पार्टी अध्यक्ष प्रचण्डको फोटो समेत रहेको छ ।

यस्तै लोगोभित्र विश्व कम्युनिस्ट नेताहरुको फोटोका साथै देशभित्रका धार्मिक र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको तस्बिरहरुलाई पनि समेटिएको छ । माओवादीको केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । ​

 

पोष्टरहरु