![]()
धनगढी/लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
समुह ए काआफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमति प्रदेशलाई हरायो ।
लुम्बिनीर प्रदेश १ अन्तिम चारमा
कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ । लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र सितलहरका कारण ६ ओभरमा खेलाईएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो ।
कर्णालीका लागि कप्तानआयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिईन् । कर्णाली प्रदेश यसअघि भएको खेलमा प्रदेश १ बाट ६ रनमा अलआउट भएको थियो ।
कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विनाविकेट क्षति पुरा गर्यो । ३ दशमलव १ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाईन् । लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाईन् । खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लयर अफ द म्याच भईन् ।
प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । दोस्रो दिनको दोस्रो खेलमा बागमति प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाईनल पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले ५१ रन बनाईन् ।
त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । वागमति प्रदेशका लागिअस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिईन् । ११५ रनको विजयलक्ष्य पछ्याएको वागमति प्रदेश २० ओभरमा८ विकेट गुमाउँदै ५९ रनमा समेटियो ।
वागमतिका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेकअन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् ।
वागमतिका ५ जना खेलाडी रनआउट भए । कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक/एक विकेट लिईन् । खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ की अप्सरी वेगम प्लेयर अफ द म्याच भईन् ।
बागमती र कर्णाली प्रतियोगिताबाट बाहिर
प्रतियोगिताको समुह ए मा रहेका वागमति प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । दुबै प्रदेश समुह चरणका खेलेका दुबै खेलमा पराजित हुदैं प्रतियोगिताबाट बाहिरिएका हुन् ।
कर्णाली प्रदेश पहिलो खेलमा प्रदेश १ सँग १६० रनले पराजित भयो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग १० विकेटले हार्यो । वागमति प्रदेश पनि लुम्बिनी प्रदेशसँग ७ विकेट र प्रदेश नम्बर १ सँग ५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट वाहिरिएको हो ।
सोमबार घरेलु र विभागीय टीमको भिडन्त
प्रतियोगिताको तेस्रो दिनदुई वटा खेल हुनेछन् । सोमबारका दुई खेल समुह बी का टोलीबीच हुनेछ । पहिलो खेलमा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोली एफिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यानअफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
अप्सरी वेगमको लगातार दोस्रो अर्धशतक
प्रदेश नम्बर १ की क्रिकेट खेलाडी अप्सरी वेगमले लगातार दोस्रो अर्धशतक हानेकी छिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ को तर्फबाट वेगमले दोस्रो अर्धशतक हानेकी हुन् ।
धनगढीको फाप्ला मैदानमा भएको दोस्रो दिनको वागमति प्रदेश विरुद्धको खेलमा उनले ५१ रनको अविजित पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले दुई चौका प्रहार गरिन् । वेगमले शनिबार भएको कर्णाली प्रदेश विरुद्धको खेलमा पनि अर्धशतक बनाएकी थिईन् । पहिलो खेलमा अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरेकी थिईन् ।
जारी प्रधानमन्त्री कपमा दोस्रो अर्धतशक बनाउने उनी पहिलो खेलाडी हुन् । हालसम्म प्रतियोगितामा तीन वटा अर्धतशक बनेका छन् । प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्रीले पनि कर्णाली विरुद्धको खेलमाअर्धशतक बनाएकी थिईन् । ७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० चौका प्रहार गरेकी छिन् ।
