Loading

कैलाली जिल्लाको पूर्वीक्षेत्र जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अर्जुन दासको निर्मम तरिकाले हत्या गरिएको छ ।
स्थानीय अमरावती सामुदायिक बनमा टाउको काटेर छुट्याएको अवस्थामा शनिबार उनको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी बिहान ८ बजेतिर घरबाट निस्केका थिए ।

दिउँसो मृत फेला परेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए । दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको थियो ।

जोशीका अनुसार हत्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको छ । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।

घटनास्थलबारे अनुसन्धान भइरहेको जोशीले बताए। अहिले कुकुरसहित प्रहरीको अनुसन्धान टोली घटनाको छानबिन गरिरहेको उनले बताए । हत्यामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको डिएसपी जोशीले बताए ।

तर पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भइरहेको एक अडियोका अनुसार मनोज नामको ब्यक्तिले आपूmहरुले दासको हत्या गरेको बताएको छ । केही अन्य ब्यक्तिहरुका साथमा रहेको मनोजले आपूmहरुको एउटा टीम रहेको र सो नेपालगञ्ज नाकाको सीमावर्ती भारतीय बजार टीम रुपैडिहा पुगिसकेको र बैंगलोर जान लागेको बताएको छ । हत्या गरिनुको कारण बक्स उठाएकोले बताएको तर हत्याको मुख्य कारण प्रहरीले अझै पत्ता लगाएको बताएको छ । छिट्टै अपराधी पत्ता लाग्ने प्रहरीको दाबि छ ।

केही साता अघि मात्र टीकापुरमा लम्कीका युवा भुपेन्द्र बडुवालको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो सो घटनामा संलग्न केही प्रहरीको हिरासतमा रहेका छन् भने केही अहिले पनि फरार रहेका् प्रहरीले बताएको छ ।