![]()
टीकापुर/ नेकपा एकीकृत समाजवादी कैलालीको शनिबार धनगढीमा सम्पन्न प्रथम जिल्ला भेलाले भैरव बहादुर रावलको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ ।
भेलाले कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विमल जोशी, उपाध्यक्षमा रत्ना कडायत, सचिवमा खडक रावत र उपसचिवमा बखत विष्ट, दिर्घ जोशी, प्रेमलाल चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको हो ।
रावलको अध्यक्षतामा गठित सो समितिलाई पार्टी उपमहासचिव डा. बिजयकुमार पौडेलले सपथग्रहण गराएका थिए । बैठक पार्टीका निवर्तमान अध्यक्ष तथा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीको अध्यक्षताम भएको थियो । सोडारीले यसै भेलाबाट अध्यक्षबाट विदा लिएका छन् ।
अध्यक्ष रावल टीकापुर शहरी खानेपानी संस्थाका अध्यक्ष पनि हुन् । बौद्धक ब्यक्तिका रुपमा चिनिने रावल यस अघि पार्टी उपाध्यक्ष रहेका थिए । राप्रपाबाट एमाले हुँदै नेकपाको समयमा प्रदेश समिति सदस्य रहेका धनगढीका ब्यापारी राजेश भण्डारी र रोम स्वाँर पनि नेकपा एस प्रवेश गरेका छन् । आगामी निर्वाचनमा कैलालीमा नेकपा एस बलियो र नेकपा एमाले कमजोर हुँदै गइरहेको छ ।
