Loading

काठमाडौं। सरकारले भोलि (आइतबार)बाट कोभिडविरुद्धको खोप लगाउँदैछ। १२ वर्षका बालबालिकाका लागि मोडर्ना खोप लगाउन लागिएको हो । यो खोप १७ वर्षसम्मका बालबालिकालाई लगाइन्छ ।

करिब ३४ लाख २५ हजार बालबालिकालाई पुस १४ गतेसम्म लगाइने तयारी छ। यो सँगे फाइजर खोपसमेत लगाइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। फाइजर खोप भने पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी छ ।

मोडर्ना खोप कहाँ–कहाँ ?
प्रदेश १ – ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर
प्रदेश २ -सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा
वाग्मती – दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर
गण्डकी – गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत
लुम्बिनी – रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया
कर्णाली – डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान
सुदूरपश्चिम – बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर

फाइजर खोप कहाँ–कहाँ ?
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत