Loading

देउवा पक्ष बहुमतमा, रक्षामन्त्रीको राजिनामा, डाक्टरहरु पराजित

काठमाण्डौ/नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनामा १३ पदाधिकारीको मत गणना सकिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा सहित मिश्रिति समूह नयाँ नेतृत्वमा आएका छन् । महाधिवेशनको बन्द सत्रपछि भएको निर्वाचनको मत परीणाममा पदाधिकारीहरुको सकिएपनि सदस्यहरुको भने जारी रहेको छ ।

यसरी निष्किएको परिणाम अनुसार १ सभापति सहित २ उपसभापति, २ महामन्त्री, ७ सहमहामन्त्री र १ कोषाध्यक्ष रहेका छन् । विजयीहरुमा देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव निर्वाचित भएका हुन् ।

डा. शेखर कोइराला समूहबाट उपाध्यक्ष धनराज गुरुङ र महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार निर्वाचित भएका छन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट चुनावी प्रतिस्पर्धामा आएर महामन्त्रीमा विजयी भएका हुन् । सहमहामन्त्री पदमा मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमल्लाह मन्सुर विजयी भएका हुन् ।

यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, खसआर्यतर्फ किशोरसिंह राठौर, महिलातर्फ महालक्ष्मी उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका हुन् । कांग्रेस पदाधिकारीमा महिलाको प्रतिनिधित्व भने महिला कलष्टरबाट मात्र बनेको छ ।

केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको छ, केन्द्रीय सदस्यहरुमा सभापतिका प्रत्यासी रहेका डा. शेखर कोइराला सबैभन्दा अग्रपंक्तिमा छन् । तर नेपाली कांग्रेसको विधान अनुसार उनी पदेन केन्द्रीय सदस्य भइसकेका छन् । मतगणनाको सबै परिणाम आउन अझै केही दिन लाग्ने बताइएको छ ।

जारी महाअधिवेशनमा डा. भएका र उपाधि लिएकाहरु सबैजसो पराजित भएका छन् । यसरी पराजित हुनेमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला, उपसभापतिका प्रत्यासी डा. महेश आचार्य र डा. प्रकाशशरण महत, महामन्त्रीका प्रत्यासीडा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्की रहेका छन् ।

वर्तमान सरकारका रक्षामन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजिनामा समेत दिइसकेका छन् । उनको राजिनामा प्रधानमन्त्री शेर बहादुर देउवाले स्वीकृत गरिसकेका छन् ।