![]()
काठमाण्डौ/प्रेस सेन्टर नेपालका नवनिर्वाचित अध्यक्ष विष्णु सापकोटा जुगललाई शुक्रबमार एक कार्यक्रमका वीच पदस्थापन गरिएको छ ।
नेकपा माओवादी केन्द्र किट पत्रकारहरुको संगठनका अध्यक्ष जुगललाई निवर्तमान अध्यक्ष एवं संगठनका यन्चार्ज महेश्वर दाहालले संगठनको केन्द्रीय कार्यालय बबरमहलमा पदास्थापन गराएका हुन् ।
पदस्थापन गर्दै निवर्तमान अध्यक्ष दाहालले अब संगठनको पूर्ण जिम्मेवारी विष्णु जीको टीमलाई आएको बताए । उनले संगठनलाई गतिशिल र चलाएमान बनाउन पनि आपूmले नयाँ टिमलाई संगठनको जिम्मेवारी सुम्पिएको भन्दै संगठनको इन्चार्जको नाताले आपूmले हमेशा मार्ग निर्देशन गरिरहने बताए ।
उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थितिमा सापकोटालाई पदस्थापन गराइएको थियो । पदस्थापन गर्दै सापकोटाले आप्mना सामु अवसर र चुनौति दुवै भएको बताए । उनले संस्थापकहरुले यहाँ सम्म ल्याएको संगठनलाई आगामी दिनमा पनि उहाँहरुकै सल्लाह र नवनिर्वाचित उर्जावान साथीहरुको सहयोग र सहकार्यले अगाडि बढाउने बताए ।
कार्यक्रममा संस्थापकहरु गोेविन्द आचार्य, खिलबहादुर भण्डारी लगायत उपस्थित केन्द्रीय सदस्यहरुको सहभागिता थियो । सञ्चालन समेत संस्थापक आचार्यले नै गरेका थिए ।
