Loading

काठमाण्डौ/नेकपा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग सदस्यहरुलाई पार्टी प्रवक्ता कृष्णबहादुर महराले सपथग्रहण गराएका छन् ।

शुक्रबार पेसिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागगीय प्रमुख समेत रहेका महराले ३५ सदस्यीय समितिका सदस्यहरुलाई सपथ गराएका थिए ।

सपथग्रहणपछि बसेको पहिलो बैठकले विभागको सचिवको रुपमा गोविन्द आचार्यलाई चयन गरेको छ । यस्तै पार्टीको आसन्न केन्द्रीय सम्मेलनलाई सफल पार्न प्रभावकारी भूमिका खेल्न पनि गोविन्द आचार्यको नेतत्वमा एक टीम बनाइएको छ ।

बैठकले माओवादी केन्द्रमा अब संख्याकेन्द्रित भन्दापनि विचारकेन्द्रित बहशलाई अगाडि बढाउनुपर्ने बताएको छ । विचारका लागि प्रशिक्षण चलाइनु पर्ने र त्यसको प्रचार तथा प्रकाशन गरिनु पर्ने बताइएको छ । राष्टिय सम्मेलन नेतृत्व चयनप्रधान नभई विचारकेन्द्रित हुने भएकाले कम्युनिष्ट पार्टीको आगामी कार्यदिशामा बहश हुने बताइएको छ ।

बैठकमा विभागका सहसंयोजक महेश्वर दाहाल लगायतको समेत सहभागिता रहेको थियो ।