Loading

धनगढी/नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

शनिबारदेखि शुरु भएको सम्मेलन चारदिन लम्बिदै आगामी कार्यकालका लागि २२३ सदस्यीय प्रदेश समिति चयन गर्दै सम्पन्न भएको हो । केही सदस्य समितिेले पछि मनोनित गर्ने बताइएको छ ।

नेतृत्वका लागि आकांक्षीहरु धेरै भएपछि सम्मेलन लम्बिएको थियो । नेतृत्वका आकांक्षीहरुमा प्रदेश सह–इन्चार्ज नेपबहादुर चौधरी, निवर्तमान अध्यक्ष शरदसिंह भण्डारी, पूर्व सांसद हरिलाल ज्ञवाली, राष्ट्रिय सभा सदस्य हरि चौधरी र नरेन्द्र कुँवर रहेका छन् भने सचिवका लागि देवीलाल चौधरी, ओम बिक्रम भाट, लाजुराम चौधरी, शिव ओली आकाक्षी रहेका छन् ।

तर अध्यक्ष र सचिव फरक फरक समुदायको हुनुपर्ने माग भएकोले एकजना थारु समूदाय र एकजना पहाडी समुदायको हुने निह्चित छ । त्यसैले सबैभन्दा बलिया उम्मेदार रहेका शरद सिंह भण्डारी भएमा देवीलाल चौधरी वा लाजुराम चौधरीमा एक सचिव हुनेछन् । यस्तै अर्का बलिया उम्मेदार हरि चौधरी अध्यक्ष भएमा ओम खेम बम वा बिक्रम भाटमा एकजना सचिव हुने बताइएको छ ।

पार्टीको विधान अनुसार प्रदेस समितिको पहिलो बैठकले नेतृत्व सहित पदाधिकारी चयन गर्ने ब्यवस्था रहेकाले सोही अनुसार हुने बताइएको छ । नेतृत्व नटुंगिएकै कारण अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

प्रदेश समिति सदस्यका लागि पनि अधिकांश आकांक्षी भएपछि २ दिनको सम्मेलन सरेर ४ दिन पुगेको थियो । जिल्लास्थित नेताहरुले आफू र आफ्नो श्रीमतीलाई प्रदेश समिति सदस्य र महाधिवेशन प्रतिनिधि चयन गरेको प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

पार्टीमा विधि र पद्धति मिच्दै परिवारवाद हावि भएको भन्दै कतिपय योग्य कार्यकर्ताहरुलाई पेलेर जाने नीति बनाएपछि आगामी तीन तहका निर्वाचनमा त्यस्को असर पर्ने देखिएको छ ।