![]()
काठमाडौं / नेपाली काँग्रेसका सभापतिका उम्मेदार बिमलेन्द्र निधिले नेतृत्व परिवर्तनसँगै सरकारको नेतृत्व पनि परिवर्तन हुने बताएका छन् ।
सभापतिकै प्रत्यासी रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आपूले सभापति नजिते प्रधाननमन्त्रीबाट हटाइने कुरा बताएको भोलिपल्ट आज निधिले महाधिवेशककै मैदानमा यस्तो कुरा बताएका हुन् ।
उनले महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले महाधिवेशनपछि पाँचदलीय गठबन्धनबाट अन्य नेता वा कांग्रेसकै अरु कोही व्यक्ति प्रधानमन्त्री हुने बताएका हुन् । ‘यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउँछ र सरकार पनि परिवर्तन हुन्छ । सरकार परिवर्तन हुँदा पाँचदलीय गठबन्धनबाट वा कांग्रेसबाटै कोही प्रधानमन्त्री हुनेछ,’ निधिले भने ।
आजै निधिले पलिो चरणको निर्वाचनमा कसैको बहुमत नआउने र दोस्रो चरणमा देउवा इतर पक्षमा जो अगाडि हुन्छ सबैले उसैलाई सघाएर जिताउने बताए । निधिको यस भनाइले नेपाली काँग्रेसमा ठूलो हलचल ल्याएको छ ।
यता देउवाले बरिष्ठहरुलाई हटाएर कनिष्ठहरुलाई महामन्त्रीको उम्मेदार बनाएको भन्दै तिव्र असन्तुष्टि बढेको छ । यस्तै असन्तुष्टिका वीच पार्टी प्रवक्ता समेत रहेका महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदारी दिन पुगेका हुन् ।
